नेल्टा सिन्धुपाल्चोकको शिक्षकहरुका लागि अनलाईन ईएलटि तालिम

नेल्टा सिन्धुपाल्चोकको शिक्षकहरुका लागि अनलाईन ईएलटि तालिम

कपन अनलाइन 

काठमाडौं ,बैशाख २२।

नेपाल ईङ्लीस ल्याङ्गोईज टिचर्स एसोसिएसन (नेल्टा) सिन्धुपाल्चोकको आयोजनामा आइतबारबाट सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईङ्लीस ल्याङ्गोईज टिचिङ (ईएलटि) तालिम सुरु भएको छ ।

तालिमा कोरोना भाईरस (कोभिड १९) को समयमा शिक्षणको वैकल्पिक शिक्षण पद्धतीहरुका बारेमा पनि जानकारी गराईने तालिम आयोजक समितिका संयोजक लक्ष्मण श्रेष्ठले बताउनुभयो ।

सो तालिम  नेल्टा सिन्धुपाल्चोकका अध्यक्ष बद्रीबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको औपचारिक उद्घाटन कार्यक्रम नेल्टाका अध्यक्ष एबम सर्बोच्च अदालतका अधिबक्ता मोतीकला सुब्बा देवानको प्रमुख आतिथ्यता तथा नेल्टाको सल्लाहकार एबम् पुर्बअध्यक्ष हेमन्तराज दाहाल र महासचिव ईश्वरी बहादुर अधिकारी र नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेशप्रसाद हुमागाईको विशेष आतिथ्यतामा सुरु भएको थियो ।
तालिमको पहिलो खण्डमा काठमाण्डौ विश्वविद्यालयका प्रोफेसर तथा नेल्टाका उपाध्यक्ष प्रो.डा. लक्ष्मण ज्ञावलीले भर्चुअल कक्षामा प्रयोग हुने विभिन्न विद्युतीय सामग्रीहरु सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो भने दोस्रो खण्डमा नेल्टाका रास्ट्रिय तालिम संयोजक सरिता सुब्बा देवानले नेल्टाको ईतिहास,गतिबिधिहरु तथा अवसर र चुनौतीहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

हेल्प नेपालको प्राबिधिक सहयोगमा भएको उक्त अनलाईन तालिम कार्यक्रमको सिन्धुपाल्चोकका रेडियोहरु रेडियो मेलम्ची र रेडियो सिन्धुबाट विहान साँढे ८ बजेदेखि साँढे १० बजेसम्म प्रत्यक्ष प्रसारण गरेको थियो ।
पाँच दिनसम्म संचालन हुने उक्त कार्यक्रमका सबै सहभागीहरुलाई धन्यबाद दिदै सहभागिताको प्रमाणपत्र प्रदान गरिने प्रचार समितिका संयोजक तथा नेल्टा मेलम्ची नगरपालिकाका फोकल पर्सन लेखनाथ भट्टराईले बताएका छन  ।

कार्यक्रममा १७८ जना शिक्षक तथा शिक्षाकर्मीहरुले सहभागिता जनाएका थिए । पाँच दिनसम्म चल्ने उक्त ट्रेनिङमा कक्षाकोठामा प्रयोग गर्न सकिने विद्युतीय सामाग्रीहरुको बारेमा प्रत्यक्ष अभ्यास गर्ने वातावरण सिर्जना गर्ने  मुख्य उदेश्य रहेको नेल्टा सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।