टोखा नगरपालिका -२ मा प्रकोप नियन्त्रण तथा रोकथाम अभियान प्रभावकारी छ :दिपक राज जोशी (अध्यक्ष )

टोखा नगरपालिका -२ मा प्रकोप नियन्त्रण तथा रोकथाम अभियान प्रभावकारी छ :दिपक राज जोशी (अध्यक्ष )

कपन अनलाइन 

काठमाडौं ,बैशाख १८।

टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशीले  वडामा हाल सम्म करिव ७ सय विपन्न परिवार तथा मजदुरहरुले राहत प्राप्त गरेको जानकारी दिएका छन।त्यस्तै वडा नं २ मा समाजसेवामा सक्रिय जनकल्याण सामुदायिक केन्द्रले ५० जनालाई निशुल्क भोजन गराएको जानकारी दिदै अध्यक्ष जोशीले ३ जना सम्मको परिवारलाई १५ केजी र सो भन्दा माथि परिवार शंख्या भएकालाई २५ केजी खाद्यान्न सहयोग गरेको बताएका छन।

त्यस्तै पहिलो चरणमा नगरपालिकाको सहयोगमा राहत वितरण गरेको वडाले आगामी दिनमा वडाका समाजसेवी,व्यवसायी,संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा त्यसको व्यवस्थापन योजना बनाएको अध्यक्ष जोशीले बताएका छन।

 

दिवाकालिन र रात्रीकालिन दुवै समयमा स्वयंसेवक व्यवस्था गरेको वडाले लकडाउन पालना तथा राहत वितरणका लागि १० संस्थाका ६० जना परिचालन गरेको  छ। वडा नं २ मा सक्रिय रहेका ९ वटा सामाजिक संस्थाले दिउसो स्वयंसेवा गरिरहेका छन भने श्री टोखा भगवती क्लवले राती १२ बजे सम्म सेवा प्रदान गरिरहेको वडा अध्यक्ष केसीले जानकारी दिएका छन।

वडा अध्यक्षको नेतृत्वमा मूल समिति तथा वडा सदस्यहरुको नेतृत्वमा विभिन्न उपसमिति गठन गरेर प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संचालन गरेको वडाले आजको दिन सम्म २३ जनाको RDT  परिक्षण गर्दा नतिजा नकारात्मक आएको अध्यक्ष जोशीले जानकारी दिएका छन।

त्यस्तै टोखा नगरपालिका वडा नं २ मा  खेतीपातीको समय आएकोले सामाजिक दुरी कायम गर्दै कृषि कार्य गर्नका लागि आग्रह गर्दै बिउ बिजन वितरण गर्न लागिएको जानकारी दिदै अध्यक्ष जोशीले हाल सम्म ५ हजार केजी धानको बिउको माग आएको बताएका छन।

त्यस्तै वडामा आपतकालीन सेवाको पनि व्यवस्थापन गरेको जानकारी दिदै वडा अध्यक्ष जोशीले प्रकोप नियन्त्रणमा सक्रिय रहेका जनप्रतिनिधि,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी  तथा स्वयंसेवकहरु प्रति आभार प्रकट गरेका छन।

तपाइँको प्रतिक्रिया ।