शंखरापुर नगरपालिकामा २ हजार भन्दा बढीलाई राहत वितरण गरिएको छ : नगर प्रमुख सुवर्ण श्रेष्ठ

शंखरापुर नगरपालिकामा २ हजार भन्दा बढीलाई राहत वितरण गरिएको छ : नगर प्रमुख सुवर्ण श्रेष्ठ

कपन अनलाइन

काठमाडौं बैशाख १८ ।कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा सक्रिय रहेका  शंखरापुर नगरपालिकाका  नगर  प्रमुख सुवर्ण श्रेष्ठले २हजार भन्दा बढी  विपन्न परिवारलाई राहत वितरण गरिएको जानकारी दिएका छन।

 कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले  गरेको लकडाउन कारण  प्रभावित भएका गरिब असाहय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन। सोहि समस्यालाइ  मध्यनजर गर्दै राहत वितरण सरकारले गरेको  लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरि खाने र बिपन्न परिवारलाई वडा  वडा बाट बिवरण संकलन गरि राहत बितरण गरिएको जानकारी गराए  नगर प्रमुख  श्रेष्ठले दिएको जानकारी अनुसार शंखरापुर नगरपालिका वडा नं. १ मा ८२,जना  वडा नं. २ मा १ सय १८  जना,वडा नं. ३ मा ७९ जना , वडा नं. ४ मा ७१, जना  वडा नं. ५ मा ३ सय ३२ परिवारलाई राहत वितरण गरिएको बताए।

त्यसैगरि  वडा नं. ६ मा ४ सय २१ जना ,वडा नं. ७ मा ४ सय ९३ जना , वडा नं. ८ मा ९० जना  र वडा नं. ९ मा ३ सय ४७ जनालाई राहत वितरण  गरिएको बताए । उनले नगर स्तरीय बिपद ब्यबस्थापन समिति मार्फत विभिन्न दाताहरु बाट सहयोग लिइ राहत वितरण गरिएको पनि बताए । उनले छुटेका हरुलाई पनि अवस्था हेरी राहत वितरण गर्ने तयारी गरिएको जानकारी गराए।

साथै उनले शंखरापुर नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरुको अनलाइन बैठक गरिएको जानकारी गराए । बैठकमा विद्यालय तहको परीक्षाको नतिजा प्रकाशन, विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, विद्यार्थीको पठनपाठन र शिक्षक ब्यवस्थापन लगायतका विययमा छलफल गरिएको  भन्दै सो बैठकमा आफु सहित , उप मेयर श्री शुक्र लक्ष्मी श्रेष्ठ, प्रमुख प्रसासकिय अधिकृत श्री भोजराज खतिवडा, उप सचिव बौधराज निरौला र शिक्षा अधिकृत कमला पोखरेलसहित बिभिन्न बिद्यालयका प्रअहरुले वर्तमान अवस्थाको विश्लेषण गर्दै अब चाल्नु पर्ने कदममा बारेमा धारणा  राखेको जानकारी गराए ।

त्यस्तै  माहाबिर पुन  राष्ट्रिय आविष्कार केन्द्र ले  उपलब्ध गराएको कोरोना स्क्रिनिंग बुथ सुष्मा कोइराला मेमोरियल अस्पताल शंखरापुरमा राखिएको पनि जानकारी गराए ।त्यसै गरि उनले शंखरापुर नगरपालिकामा संचालित सहकारीहरुलाई आफ्ना सदस्यहरुलाई पर्न सक्ने आर्थिक समस्या बाट बचाउन सुरक्षाको बिधि उपाय तथा सामाजिक दुरी कायम राखी बढीमा ३ जना कर्म चरी खटाइ दिनमा ३ घण्टा संस्थाको कार्यलय खुल्ला गरि निक्षेप रकम फिर्ता  लिन आउने सदस्यहरुलाई निक्षेप रकम उपलब्ध गराउने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको  बताए ।

हालसम्म विदेस बाट आएका हरुको  स्वास्थ्य परिक्षण गर्दा सबै नतिजा नकारात्मक आएको  बताउदै नगर बासीहरुको सहयोगको कारण हाल सम्म  संक्रमण नदेखिएको  बताए।  उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै  नगरले  प्रकोप नियन्त्रण तथा रोकथामका लागि विभिन्न अभियान तथा सचेतना मुलक कार्यहरु गरेको बताए।  नगर प्रमुख श्रेष्ठले आपतकालीन सेवाका लागि नगरले व्यवस्था गरेको जानकारी दिएका छन।नगरपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाकी नराखी राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एक्यबद्धता गरी जिम्मेवारी पूर्वक कामहरु गर्दै आईरहेको बताउदै बिषय बिज्ञ संग परामर्श लगायतको कार्य पनि  गर्दै आएको बताए ।

तपाइँको प्रतिक्रिया ।