दलहरुबिच चर्काचर्की, माओवादीले राख्यो १० राज्यको नयाँ प्रस्ताव

८ जेठ,काठमाडौ। राज्य पूनर्संरचनाको विषयलाई लिएर दलहरुविच चर्काचर्की भएको छ। आज बसेको तीन दल र मधेशी मोर्चाको बैठकमा विवाद भएपछि राज्य पुनर्संरचना अन्यौलमा परेको छ। बैठकमा काँग्रेस–एमाले  र माओवादी–मधेशी मोर्चा फरक फरक मागमा अडेका थिए।

  काँग्रेस र एमालेले माओवादीले ११ प्रदेशको सहमतिबाट पछि हटेर समस्या उत्पन्न गरेको आरोप लगाएका छन् भने बैठकमा  माओवादी र मधेशी मोर्चाले काँग्रेस एमाले संघीयता विनाको संविधान जारी गर्ने प्रयासमा लागेको आरोप लगाएका छन् ।
बैठकमा माओवादीले ११ प्रदेशको सहमतिबाट पछि हटेर जातीय पहिचानका आधारमा १० प्रदेश बनाउने प्रस्ताव राखेकाले अवस्था जटिल काँग्रेस नेता रामचन्द्र पौडेलले बताए । काँग्रेस र एमालेले माओवादी संविधान नबाउने खेलमा लागेको र  भित्र एउटा सहमति गरी बाहिर आदिवासी जनजाति र मधेशीलाई आन्दोलमा उतार्ने काममा लागेको आरोप लगाएका छन् । बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीले काँग्रेस, एमाले भित्रका आदिबासी जनजाति र मधेशी सभाषद्लाई भड्काएर षडयन्त्र गरी जातीय संघीयताका पक्षमा दुई तिहाई बहुमत पुर्याउने खेलमा लागेको दाबी गरे ।
बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नाम, सीमा र संख्या नै नतोकी काँग्रेस र एमाले संघीयता विनाको संविधान बनाउने खेलमा लागेको र त्यो स्वीकार्य नभएको बताए। अब भोलिदेखि प्रक्रियमा जाने र सबै संविधान सभाले टुंगाले लगाउने प्रकाशको भनाइ थियो।
मधेशी मोर्चाका नेता राजकिशोर यादवले काँग्रेस र एमाले संघीयता विनाको संविधान बनाउने खेलमा लागेकोले सहमति हुन नसकेको बताए । अब संविधान सभामै निर्णय भन्दै यादवले जनजाति र मधेशी सभाषदले पार्टी ह्वीप तोडेर जातीय पहिचान सहितको राज्यका पक्षमा भोट हाल्ने दावी गरे।
तपाइँको प्रतिक्रिया ।