बुढानिलकण्ठ -१० का केशवराज भट्टराईको व्यक्तिगत सहयोगमा तेश्रो दिनको निशुल्क भोजन

बुढानिलकण्ठ -१० का केशवराज भट्टराईको व्यक्तिगत सहयोगमा तेश्रो दिनको निशुल्क भोजन

कपन अनलाइन

काठमाडौं ,बैशाख १०।

समाजसेवी केशवराज भट्टराईले  बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले  वितरण आएको तेश्रो  दिनको निशुल्क भोजन आफ्नो व्यक्तिगत खर्च उपलव्ध गराएका छन ।

लकडाउनको समयमा राहत सामाग्री प्राप्त नगरेका विपन्न तथा गरिव पारिवारलाई निशुल्क भोजन वितरण गर्ने व्यवस्था गरेको वडालाई भट्टराईले  सहयोग गरेका हुन्।

अनुगमन समिति

वडा नं १० ले उक्त निशुल्क भोजन व्यवस्थापनका लागि धुर्व नेपालको संयोजकत्वमा रामप्रसाद लुइँटेल ,वडा सदस्य चन्द्रमान श्रेष्ठ ,राम थपलिया र भेष बहादुर डोटेल सदस्य रहेको अनुगमन समिति निर्माण गरि प्रभावकारी रुपमा वडाका विभिन्न क्षेत्रमा रहेका वडा वासिहरुलाई निशुल्क भोजन व्यवस्थापन गर्दै आएको जानकारी वडा सदस्य चन्द्रमान श्रेष्ठले दिएका छन।

वडाको यस अभियानमा सहयोग गर्ने व्यक्तित्वहरुको शंख्या दिन प्रति दिन बढ्दै गएको बताउदै सदस्य श्रेष्ठले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।