वर्तमान समयमा विद्यालयको बिकल्प

वर्तमान समयमा विद्यालयको बिकल्प

कपन अनलाइन

काठमाडौं ,बैशाख ११ /राजेन्द्र ढकाल 

सर हाम्रो स्कूल कहिले खुल्छ ? विद्यार्थी ,अबिभाबक सबैको चासो हो।हामीले दिने उत्तर केहीछैन।यति बेला कोरोना ( कोभिड १९  ) ले  संन्सार आक्रान्त भएको  बेलामा। दिन दिनै सङन्क्रमितको संख्या बढेको बढै छ ।

खै  बिकसित देश हरुमा मान्छे मर्ने क्रम  रोकिएको छैन ।छिमेकी मुलुकभारत  र चीन मा पनि उस्तै छ ।नेपालमा  पनि आजको दिन सम्म ४५ जनामा कोरोना देखिएको छ भने ति मध्य केहि  निको भै घर फर्किसकेका छन् ।अब रह्यो हाम्रो स्वास्थ्य रशिक्षा को चिन्ता के गर्ने के नगने लक डाउन थपिएला कि नथपिएला?

जे भए पनि अहिले हामी धेरै जनस्वास्थ्यको जानकार भएको छौ ।केही लेखक  भएका छौ ।तर जे  भए पनि बि.स २०७२ को महाभुकम्प होस वा नाकाबन्दी वा अहिलेको महामारीले  सिकाएको पाठ भनेको देशलाई  आत्मानिर्भर बनाउनु पर्छ भन्ने नै हो।त्यसैले अहिले अब खाली  कोरोना र बच्ने उपाय मात्र बताउँदा सायद दिक्क लाग्छ होला।

त्यसैले  यहाँ धेरै ले सोध्ने पश्न स्कुल कहिले खुल्ला  हाम्रा बच्चा त बिग्रने भय भन्ने चिन्ता यति धेरैहुने प्रश्नको उत्तर के हामी सँग छैन र? भनिन्छ शिक्षा जिबन पर्यन्त चलिरह्न्छ।

शिक्षा सस्कृतको “शिक्ष्” धातु बाटआएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ  अथवा अनुभव अग्रजहरुले आफ्ना सन्ततीहरुलाइ अनुभव प्रदान गर्नुलाई नै दिनु वा शिक्षा  भनिन्थ्यो ।त्यसैले यहाँ मैले जोड्न खोजेको कुरा के हो भने अहिले औपचरिक शिक्षाको माध्यम  स्कुल वा  कलेज नखोलुन्जेल के हामीले घरमा नै शिक्षा बाड्न सक्दैनौं ?

फेरि यहाँ  केहि मानिसलाई प्रश्न उठ्न  सक्छ ।हामीले पढ्न  जानेको भए किन स्कुल पठाउनु पर्यो हैन र?म भन्छु कस्ले भन्छ तपाईंले सिकाउन सक्न्नुहुन्न कतै तपाई भ्रममा त हुन्नुहुन्न ?

किन म यहाँ यो कुरा सुझाव दिन्छु भने जुन कुरा तपाइले जान्नु भएको पनि छ जो जहाँ छौ त्यहीँ बसेर आफ्ना आफ्नाअनुभव बाड्ने हो जस्तै तपाईं खेतीपातीको बारेमा जान्नु हुन्छ भने कुन बालीको बिउ कस्तो हुन्छ ? कुन बिउलाइ कहिले रोप्ने ? कसरी रोप्नेअनि कस्तो फल लाग्छ ?  भनेर भए सम्म खेत बारीमा लगेर नभए सहरमा छौ भने भिडीयो मार्फत सिकाउने बुझाँउन सकिन्छ ।

त्यसै गरि गाई भैसिको दुध कसरी आउछ ? त्यसलाई घिउ कसरी बनाउने ? अरु के के बन्छ तिनका परिकार खाँदा स्वास्थलाइ के फाइदा पुग्छ ? भन्ने कुरा सिकाउनु सक्नुहुनेछ ।

त्यसै गरि  हाम्रा परम्परा अनुसार प्रयोग हुने दुना टपरी कसरी बनाउने के बाट बनाउँन सकिन्छ?  त्यो पनि सिकाउन सकिन्छ यो यौटा अबसर हो बच्चाले किताबको ज्ञान् त २ महिना पछि भएनी सिकिहाल्छनी।

त्यस्तै लोक गित,शास्त्रियगित नत्र आफ्नो परम्परा अनुसारका गित सिकाउने अबसर पनि हो नि हैनर  ? त्यसै गरि आफ्न आफ्न्त संगका साइनोहरु के के भन्नु पर्छ त्यो पनि सिकाउन सकिन्छ  हैन र ?  त्यस्तै गरी नैतिक  शिक्षाहरु  आदार सत्कारहरु  सिकाउने गर्न  सिकाउन सकिन्छ ।त्यसै गरि खान पकाउन,  लुगाधुने तरिका त्यस्तै कौसी  वा खाली ठाउँमा तरकारी  फलाउने तरीका जस्ता थेरै चिज छन् हामीले सिकाउनु पर्ने के यहि हैन सिक्ने सिकाउने?

अब फेरि प्रश्न रह्यो विधालय र कलेजले अहिलेको समयमा केहि नगर्ने  अबस्य गर्नुपर्छ। सर्बप्रथम बिद्यालयको गतिविधि अन्तर्गत हामी अविभावकले  बच्चालाइ रमिलो वातावरणमा घरमा भएका पुस्तक पढने बानी लगाउने हो । हुनत अहिले त्यति धेरै जोड गर्ने बेला हुदै होइन  नै तर पनि बच्चालाई थोरथोरै प्रयास गराउन सकिन्छ।

हुनत केहि दिन अगाडि देखि विभिन्न स्कुल ,कलेज ,बिश्वबिद्धालयहरु ले अनलाइन प्रविधीबाट पढाउन शुरु गरिसकेको छन। त्यस्तै रेडियो टि.भीबाट समेत त्यस्ता कक्षा नभएको होइनन् । तर के सबै विद्यार्थीको पहुँच म यो सुबिधा छ त? तर अबश्य छैन किनभने अझै कति ग्रामीण स्कुलमा इन्टरनेट  के मोबाईल नि राम्रो सँग टिप्दैन  तर पछिल्लो समय मोबाइलमा गित र भिडियो हेर्ने गाउँगाउँमा प्रयोग भैरहेको छ ।

त्यसैले यदि प्राविधिक रूपमा सम्भावना भयो भने स्थानीय तह सँग सहकार्य गरेर बिद्यालयहरुले विभिन्न नमुना कक्षा बनाउँने र ईन्टरनेट नभए पनि भिडीयोलाई ब्लुटुथ जस्तो  माध्यमबाट बिद्यार्थीको माँझ पुराइ पठनपाठन  पनि गर्ने सकिन्छ । त्यसै गरि निशुल्क शैक्षिक सामगीका लागी डाटा निशुल्क राज्यले गर्न सक्यो भने झनै राम्रो हैन र।

त्यसैले अहिलेलाई  स्कुल भन्दा पनि हामी घरमा नै हामीले जानेका कुरा सबैजना बसेर बाड्न सकिन्न ।हिजो अस्ति हामीले हाम्रा परिवारलाइ  दिन नसकेको समयलाइ हाम्रा हजुरबुबाले सुनाउनु भएको महाभारत रामायण त्रिपीटक कुरान बाइबल वा अन्य कुनै धर्मको ज्ञान बाड्न सकियो भने अहिलेलाई घर नै बिद्यालय बनाउन सकिन्छ  कि?

(लेखक शखरापुर – १ काठमाडौं  निवासी हुन्हा भने उनि  बाल बिकाश मा बि कागेश्वरी मनोहरा २ मा कार्यरत छन )

तपाइँको प्रतिक्रिया ।