समाजसेवी लायन पेमाछिरी शेर्पाले गरे तीन महिनाको घर भाडा नलिने घोषणा
कपन अनलाइन
काठमाडौँ, बैशाख १० । मकाल बारी टोल सुधार समितिले विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि के कस्ता उपाय अपनाउन सकिन्छ र टोललाइ सुरक्षित राख्दै लकडाउन बाट प्रभावितहरुको लागि के के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेका छन् ।
मकालबारी टोल सुधार समितिका अध्यक्ष लायन पेमाछिरी शेर्पाको अध्यक्षतामा बसको सो बैठकले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि टोल सुधार समितिले गर्दै आएका कामहरुको समिक्षा गर्नु को साथै आगामी भावि योजनाको बारेमा बृहत छलफल गरिएको थियो। उक्त छलफलमा बोल्दै मकालबारी टोल सुधार समितिका अध्यक्ष लायन पेमा छिरी शेर्पाले लक डाउन बाट प्रभावितहरुलाई बिभिन्न सहयोगी दाता संघ सस्थाहरु बाट उपलब्ध गराएको खाद्यान्न वितरण गरिएको जानकारी गराउदै लक डाउन लम्बिदै गएको खण्डमा राहतको दायरा बढाउदै वितरणलाइ थप गर्ने पनि बताए। उनले अभियानलाइ सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन।
सरकारले घोषणा गरेको लकडाउन लाई हामीले पुर्ण रुपमा घरमै बसी पालना गर्नु पर्छ र यो हाम्रो परम कर्तव्य भएको बताउदै उनले ‘आजको विषम परिस्थितिमा सरकारले मात्र भोको पेट पुर्ण रुपमा निर्मुल पार्ने नसकिरहेको अवस्थामा सुरक्षाकर्मी , संचारकर्मी , वडा प्रतिनिधि ,स्वास्थकर्मी ज्युहरु लगायत सामाजिक कार्यकर्ताहरु सबै घरभित्रनै बस्ने अबस्था शृजना हुनगएमा अबस्था कस्तो होला ? हामीले कल्पना सम्म गर्न सक्दैनौं तसर्थ माकलबारी टोल सुधार समितिले राज्यले लगाएको लकडाउनलाइ लाई पुर्ण रूपमा पालना गर्दै सुरक्षात्मक उपाय अपनाएर लक डाउन बाट प्रभावितहरुलाई राहत स्वरुप खाधान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउदै आईरहेको बताए।
उनले कोरोना भाइरसको संक्रमण जोखिमले सम्पूर्ण क्षेत्र ठप्प भएको र यस्तो बेला कोठा भाडामा लिएर बस्नेहरुलाई भाडा कसरी तिर्ने भन्ने चिन्ता छ । ‘लकडाउन तथा कोरोना त्रास रहुन्जेलसम्म अवधिको घरभाडा लिन नहुने भन्दै आफुले तीन महिना सम्मको घर भाडा नलिने घोषणा गरेका छन् ।कोरोनाको असरले केहि नै गर्न पाएका छैनन्, पसल पनि बन्द भएका छन्, यस्तो अवस्थामा कसरी भाडा लिनु ?’ शेर्पाले भने, ‘अप्ठेरो अवस्थामा घरधनीले भाडामा बस्नेको पिरमर्का बुझ्नुपर्छ भन्ने सन्देश सबैतिर जाओस् भनेर यो निर्णय गरेको हुं ।’
अप्ठेरो अवस्था लम्बिदै गए अवस्था हेरी अरु थप महिनाको भाडा पनि नलिने मनस्थिति आफूले बनाएको पनि बताए । उनले मकल बारी क्षेत्रका घर धनिहरुले पनि यसलाई मनन गरि सहयोग गर्नको लागि अनुरोध गरेका छन।त्यस्तै समाजसेवी श्री पौडेलले पनि आफ्नो काठमाडौं था
बर्दियामा भएको आफ्नो घरमा बस्ने हरु संग पनि घर भाडा नलिने घोषणा गरेका छन भने लिजमा दिएको जग्गाको पनि भाडा नलिने घोषणा गरेका छन । लकडाउनका कारण घर भाडामा बस्नेहरु प्रभावित भएको भन्दै आफुले आफ्नो घरमा भाडामा बस्नेहरुलाई तिन महिनाको घर भाडा नलिने घोषणा गर्दै यो विषम परिस्थितिमा सबैले आफ्नो आफ्नो तर्फ बाट सकेको सहयोग गर्नु पर्ने बताए। त्यस्तै सामाजिक अभियन्ता समेत रहेका बिनित राज अर्यालले समाजसेवी लायन पेमा छिरी शेर्पाको निर्णय न्यायोचित र सराहनीय भन्दै देशभरका घरधनीले यसलाई अनुसरण गरे बहालमा बस्नेहरुले राहत पाउने बताए ।