खाने बस्ने समस्याका कारण उपत्यका नछोड्न नेकपा काठमाडौं जिल्ला कमिटिको अपिल

खाने बस्ने समस्याका कारण उपत्यका नछोड्न नेकपा काठमाडौं जिल्ला कमिटिको अपिल

कपन अनलाइन

काठमाडौं ,बैशाख ८।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटीले कुनै पनि नागरिकले खाने र बस्ने समस्याका कारण कुनै पनि नागरिकले उपत्यका छोड्नु नपर्ने बताएको छ ।

कसैलाई यस्तो समस्या परेको खण्डमा स्थानीय तह संग समन्वय गर्नका लागि आग्रह गर्दै जिल्ला कमिटीले समन्वय गर्ने जानकारी दिएको छ ।

काठमाडौं जिल्ला कमिटिका कार्यालयका सदस्यहरु सहित केन्द्रिय सदस्यको सम्पर्क नम्बर सावजनिक गर्दै लकडाउनको पूर्णपालना गर्न उपत्यकावासीलाई अपिल गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटिका अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माले गरेको अपिलमा कुनै पनि अफवाह र गलत प्रचारका पछाडी नलागी आफु बाच्न र अरुलाई पनि बचाउन अनुरोध गरिएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।