अविश्राम लायन लिडर अनन्त भेटवाल
कपन अनलाइन
काठमाडौं ,बैशाख ८।
यस समाचारको शिर्षक राखिएको छ “अविश्राम लायन लिडर अनन्त भेटवाल “। भेटवालले खान नपाएका नागरिकको पेट भर्नका लागि देखाएको अथक परिश्रम र निरन्तर गतिशिलता संग यसको सार्थकता र सन्दर्भ जोडिएको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को डिस्ट्रिक गभर्नर रहेका समयमा भेटवालले आफ्नै नेतृत्वमा स्थापना “लायन्स फुड बैंक” स्थापना गरेका थिए। त्यहि “लायन्स फुड बैंक” को लोगो अंकित बोरामा विपन्नका लागि खाद्यान्न बोकेर अहिले भेटवाल निरन्तर कुदिरहेछन।
भेटवाल निकै सक्रिय र गतिशील रहेको काठमाडौं महानगरपालिका वडा नं ८ का उनका मित्रहरुले बताउने गरेका छन। त्यो गतिशिलता उनले लायन्स संगै स्थानीय क्षेत्रको विकासमा पनि देखाएका छन। यसको उदाहरण तिलगंगाको शारदा मावी हो जसको व्यवस्थापन समिति अध्यक्षको दायित्व पुरा गर्दै उनले उल्लेख्य भौतिक तथा शैक्षिक सुधार गरेका छन।
नेपालमा छाला दानको अभियान शुरु गर्दै काठमाडौंको कीर्तिपुरमा छाला बैंक स्थापना गर्न निर्णायक भूमिका खेलेका भेटवालले रक्तदान कार्यक्रम अभियानको रुपमा विकास हुदै कीर्तिमानी पिन्ट शंख्यामा रगत संकलन गरिएको थियो।
अन्तर्राष्ट्रिय लायनवादको मूल सिदान्त तथा मान्यतालाई नेपालमा द्रुत विस्तार गर्दै करिव ३० हजार लायन्स सदस्य सक्रिय बनाउने अभियानमा पास्ट इन्टरनेसनल डाइरेक्टर संजय खेतान ,बरिस्ट लायन लिडर संगै भेटवालको भूमिका उल्लेखनीय रहेको छ।
अनुकुलतामा रचनात्मक सेवा,विपदमा राहत तथा आपतकालीन सेवा उपलव्ध गराउने लायनवादको मूल मर्मलाई सार्थक बनाउन आफ्ना सहयोद्धाका साथमा राहत सामाग्री बोकेर अविश्राम हिडिरहेका भेटवालले विषम समयमा सराहनीय पहल गरेको उनका एक सहयोद्धा लायन लिडर बताउछन।