संकटको घडीमा सामाजिक दायित्व बाट नभागौ : लायन कुमार राज सुवेदी
कपन अनलाइन
काठमाडौँ,बैशाख ८ / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ पुर्व गभर्नर एबम सामाजिक अभियन्ता लायन कुमार राज सुवेदीले संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध गरेका छन ।नेपाल भलीबल संघका उपाध्यक्ष समेत रहेका सुवेदीले चीनबाट सुरू भई विश्वभर फैलिरहेको ‘कोरोना भाइरस’बाट जोगिन सतर्कता अपनाउनु पर्नेमा जोड दिदै कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्नु पर्ने बताए ।
उनले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन पहल बढाउन सरकारसँग आग्रह उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेका छन् । यो महामारीको प्रकोप माथि विजय प्राप्त गरेर सम्पूर्ण मानव जातिको समृद्दी कायम गर्ने तर्फ नयाँ आयामहरुको थालनी गर्न सकियोस भन्ने नया वर्षको शुभकामना समेत दिदै लायन्स क्लबले संकटको बेलामा गर्दै आएको कामको उच्च प्रसंशा समेत गरेका छन ।उनले सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गर्दै घरमै बस्दा हामीहरुले आफ्नो परिवारलाई मात्र सुरक्षित बनाईरहेका छैनौ, सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि हामीले योगदान दिईरहेको बताए।उनले सक्रिय व्यक्ति बढी जनसम्पर्कमा आउने भएकाले उनीहरू सङ्क्रमणको जोखिममा पर्न सक्ने भन्दै अनावश्यक भीडभाड र सार्वजनिक स्थलमा नजान पनि अनुरोध गरेका छन ।
उनले लगडाउनको नियम पालना गरि सुरक्षित समाज निर्माणमा सहयोग गर्न पनि अनुरोध गरेका छन्।सरकारले घोषणा गरेको लकडाउन लाई हामीले पुर्ण रुपमा घरमै बसी पालना गर्नु पर्छ र यो हाम्रो परम कर्तव्य पनि हो भन्दै उनले आजको विषम परिस्थितिमा सरकारले मात्र भोको पेट पुर्ण रुपमा निर्मुल पार्ने नसकिरहेको अवस्थामा सुरक्षाकर्मी , संचारकर्मी , वडा प्रतिनिधि ,स्वास्थकर्मी ज्युहरु लगायत सामाजिक कार्यकर्ताहरु सबै घरभित्रनै बस्ने अबस्था शृजना हुनगएमा अबस्था कस्तो होला ? हामीले कल्पना सम्म गर्न सक्दैनौं तसर्थ हामीले राज्यले लगाएको लकडाउनलाइ लाई पुर्ण रूपमा पालना गर्दै सुरक्षात्मक उपाय अपनाएर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत संचालित Food Bank मार्फत आज जहाँ आवश्यक त्यहाँ लायन्स भन्ने मुल मन्त्रमा रहि Hunger relief program अन्तर्गत खाधान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गर्दै आईरहेका बताए।
श्रमजीवीहरुलाई यो लकडाउनले निश्चय नै बढि प्रभाव पारेको भन्दै रोगको भय भन्दा पनि भोकको भयले सताएको बताए। उनले यस अवस्थामा हामीले आफ्नो तर्फबाट गर्न सकिने सहयोगका लागि तत्पर हुनुपर्ने बताउदै राज्यको तर्फ बाट हरेक दिन ज्याला–मजदुरी गरी छाक टार्नेहरूको विवरण संकलन भइ राहत वितरण भईरहेको हुँदा वास्तविक दैनिक ज्यालादारी, मजदुर तथा स्रोत विहिन विपन्न वर्गका श्रमिकहरु कोहि पनि त्यसमा नछुटुन भनेर अपिल पनि गरेका छन। उनले कोरोनाका कारण लम्बिदै गरेको लकडाउनले प्रभावित हुने परिवारलाई खाद्यान्न सहयोग गर्न लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ बाट पनि समाग्री वितरण गरिदै आएको जानकारी गराउदै त्यसमा आफु पनि सहभागी भएको बताए ।उनले रक्तदान लगायतको कार्य पनि लायन्स क्लबको सक्रियतामा हुदै आएको जानकारी गराए ।
उनले यस्तो बेलामामा हरेक नागरिकले आफ्ना निहित स्वार्थहरुलाई सिमित गर्दै केवल मानव समुदायको हितको लागि कार्य गर्ने अवसरमा बुझ्नुपर्ने बताए। उनले यो संक्रमणवाट विश्व नै त्रसित भई रहेको अवस्थामा हाल सम्म यसको औषधी पत्ता नलागेकोले हाम्रा आनी बानी मा सुधार गरेमा संक्रमण न्यूनीकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै सामजिक दुरी कायम गर्न खानपिनमा सुधार गर्न , भिडभाड नगर्न र मास्कको सहि प्रयोग गर्न अनुरोध गर्दै सबैलाई कोरोना बाट त्रसित नभई सर्तकताका अपनाउनको लागि अपिल गरेका छन ।उनले कुनै पनि समस्या आइपरेमा आफु सहयोग गर्न तत्पर रहेको पनि जानकारी गराए ।
उनले यस्तो बेलामा मानबको शुस्वास्थ्य ,मानवता विश्व शान्ति र बिकास मा सबै जना एक जुट हुनुको बिकल्प छैन भन्दै यस जटिल घडीमा अपहार्यता भनेको सरकार सबै राजनीतिक दल ,फरक विचारधारा बोकेको मानिस र सर्वसाधारण एक जुट भएर कोरोना भाइरस बिरुद्द लड्नु पर्ने बताए। उनले संकटको घडीमा अहोरात्र खटिने स्वाथ्यकर्मी, सुरक्षाकर्मी , संचारकर्मी अत्यावश्यक सामग्री ढुवानीकर्ता लायन्स सदस्यहरु तथा जनप्रतिनिधिहरुलाई धन्यबाद दिदै प्रसंशा समेत गरेका छन् ।