‘नेपाल कोभिड १९ निगरानी प्रणाली’लाइ  गोकर्णेश्वर नगरपालिकाले  पनि शुरु गरेको छ : नगर प्रमुख सन्तोष चालिसे

‘नेपाल कोभिड १९ निगरानी प्रणाली’लाइ  गोकर्णेश्वर नगरपालिकाले  पनि शुरु गरेको छ : नगर प्रमुख  सन्तोष चालिसे

कपन अनलाइन

काठमाडौं बैशाख ८ ।कोरोना भाइरस (कोभिड — १९) को सम्भावित महामारी निगरानी गर्न काठमाडौं महानगरपालिकाले शुरु गरेको ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’लाइ  गोकर्णेश्वर नगरपालिकाले  पनि शुरु गरेको छ ।यस प्रणालीमा कोभिड १९ सँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य जाँचेर र विश्लेषण सूचना राखिन्छ । यस एपमा व्यक्तिले भरेको विवरणको आधारमा उसलाई कोरोना भाइरस संक्रमण भएको वा नभएको, उसले अपनाउनुपर्ने सावधानी, घरमै बसे हुने वा स्वास्थ्य संस्थामा जानुपर्छ जस्ता सूचना पाइने नगरपालिकाका प्रमुख सन्तोष चालिसेले कपन अनलाइनलाइ जानकारी गराए ।

विश्वभर माहामारी को रुपमा फैलिरहेको कोरोना भाइरस को सम्भावित संक्रमण कम गर्न सम्पूर्ण नगरबासीहरुलाई एक जुट भई लड्न जरुरी रहेको बताउदै यो विपतको घडीमा  सम्पूर्ण नगरबासीलाई स्वास्थ्य नगरपालिकाको प्राथमिकता भएको जानकारी गराए। उनले नगरपालिकाले संचालनमा ल्याएको  Nepal Covid-19  Surveillance system बिशेष गरि २०७६ साल चैत्र महिना यता विदेश बाट नेपाल फर्किएका नगरबासी तथा उनीहरुको सम्पूर्ण परिवारका सदस्यहरुले अनिवार्य तथा यो रोग एउटा सरुवा रोग भएकोले यसको संक्रमण जो सुकैलाइ हुन् सक्ने , जोखिम हुने हुँदा सम्पूर्ण नगरबासीले यो एप्स प्रयोग गरि आ आफ्नो स्वास्थ्य सम्बन्धि जानकारी स्वयं लिई स्वास्थ्य लाभ लिन पनि अनुरोध गरेका छन् ।  उनले सो बिवरण गोप्य रहने पनि जानकारी गराए साथै उनले यो विपदको घडीमा नगरपालिका नगरबासीको साथमा सदैब रहने समेत बिश्वास दिलाएका छन   ।

संक्रमणको आशंका भएका व्यक्ति अस्पताल गएर भीड हुने अवस्थामा कमी ल्याउन यो प्रणालीले सहयोग गर्ने गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले बताए । यो प्रणालीले कोभिड–१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैंले मुल्याङ्कन गर्न सघाउने बिश्वास ब्यक्त गर्दै सो एप प्रयोगको लागि एन्ड्रोएड प्रयोगकर्ताहरुले आ आफ्नो मोबाइल को प्ले स्टोर मा गइ Nepal COVID-19 Surveillance टाइप गरि Search गर्ने  र Nepal Covid-19  Surveillance नामक अप्लिकेसन इन्स्टल गर्नु पर्छ ।हाललाई यो एप्लिकेसन एण्ड्रोएड अपरेटिङ सिस्टम भएको मोबाइलमा उपलब्ध रहेको छ।  साथै यु ट्युबमा पनि सो सम्बन्धि जानकारी लिन सकिनेछ भने सो सम्बन्धि  अन्य जानकारीको लागि www.Gokarneshwormum.gov.np  तथा गोकर्णेश्वर नगरपालिकाको फेसबुक पेज  Gokrneshwormunicipality मार्फत पनि लिन सकिने छ ।यसमा प्रयोगकर्ताले आफ्नो वा आफन्तका बारेमा सूचना भर्न सक्नेछन् । ती सूचनालाई प्रणालीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीले हेरेर ती व्यक्ति खतरामा छन् कि छैनन् जानकारी दिने  हुँदा ।व्यक्तिले प्रत्येक  दिनको तीन पटक आफ्नो स्थिति एपमा अपडेट गर्नुपर्नेछ  र गोकर्णेश्वर नगरपालिकाले गठन गरेको डाक्टर स्वास्थ्यकर्मीको टिमले व्यक्तिको स्थिति हेरेर घरमै बस्ने कि अस्पताल जाने भन्ने सल्लाह दिने पनि  पनि जानकारी गराए ।

गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सम्बन्धी परामर्श लगायतको लागि डाक्टर सुवास प्याकुरेलको संयोजकत्वमा १३ सदस्यीय हट लाइन रेस्पोन्स टिम समेत गठन गरेको नगरपालिकाका जन स्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी गराए। उनले नगरपालिकामा विदेश बाट आइ बसेकाहरुको (र्यापिड डाइग्नोस्टिक टेस्ट)RDT  गरिएको जानकारी गराउदै जसमा सबैको नतिजा नेगेटिभ आएको पनि जानकारी गराए। उनले पुन जांच गर्न छुटेकाहरुको बिवरण संकलन गरिरहेको जानकारी गराउदै समबन्धित वडा अध्यक्षहरुलाई छुटेकाहरुले बिवरण उपलब्ध गराउन समेत अनुरोध गरेका छन । चाडै  नै छुटेकाहरुको पनि (र्यापिड डाइग्नोस्टिक टेस्ट)RDT  गर्ने जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।