आमा (कविता )

आमा (कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख ६/प्रियांकुश गौतम

आमा तिमी जन्म दिने मलाई

आमा तिमी कर्म दिने मलाई

आमा  तिमी एउटा सिङ्गो रूख हो

म त केवल त्यसमा फलेको एउटा मिठो फल हो।

 

तिमीले मलाई जगत देखायौ

औला समाई हिँड्न सिकायौ

तिमीसँग सिकेँ मैले मिठो बोली

त्यसैले होला रमाउँछु म तिम्रै वरिपरि।

 

प्रिय लाग्छ मलाई तिम्रो त्यो मुस्कान

त्यही नै हो मेरो जीवनको ठूलो वरदान

धन्य छ तिम्रो त्यो रातदिनको खटाई

खुशी राख्छौ हामीलाई आफ्नो सबै दुःख हटाई।

 

बाँधी रहन पाऊँ तिम्रो न्यानो अंगालोमा

बसी रहन पाऊँ तिम्रो स्नेहको छायाँमा

म गर्व गर्छु आफूलाई तिम्रो छोरा बन्न पाएकोमा

धन्यवाद छ तिमीलाई मलाई सधैँ

राम्रो बाटोतर्फ हिँड्न सिकाएकोमा।

 

(गौशाला, काठमाडौं निवासी  गौतम  पाठशाला नेपाल फाउन्डेसनका विद्यार्थी हुन् )

तपाइँको प्रतिक्रिया ।