थोत्रो दराजमा पुस्तकका खात मन पर्छ (गजल )
कपन अनलाइन
काठमाडौं ,बैशाख ४ /विसु कुमार केसी
कुनै पनि शुभकार्यकोसुरुवात मनपर्छ ।
बच्चैमा खाएको खानादुधभात मनपर्छ ।
जातीय राज्यको कुरा गरिन्छ यहाँ
नारी र पुरुष मात्र दुई जात मनपर्छ।
एउटा छाता यात्री दुई तिमी र म
बेमौसम कै भए पनि बर्षात मनपर्छ ।
टिकट किनेर उम्मेद्वार हुने नेता बिरुद्ध
कार्यकर्ताले गरेको अन्तर्घात मन पर्छ ।
तिम्रो बैठकका किमती बस्तुभन्दा मलाई
थोत्रो दराजमा पुस्तकका खात मन पर्छ ।
माला गाँस्न सजाउन काम लाग्छन फुलहरु
रोगै निको पारिदिन्छ झारपात मन पर्छ ।
तपाइँको प्रतिक्रिया ।