नगरपालिकाको कोषमा अपेन बुढानिलकण्ठको ५१ हजार सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत ३०।
एसोसियन अफ प्रि स्कुल एजुकेटर्स (अपेन ) बुढानिलकण्ठले नगरपालिकाको विपद व्यवस्थापन कोषमा ५१ हजार रुपैया सहयोग गरेको छ।
अपेनकी केन्द्रिय सदस्य कमला ढकाल अधिकारी ,अपेन बुढानिलकण्ठका अध्यक्ष राज कुमार घिमिरे , सह सचिव विनोद थापा ,कोषाध्यक्ष संगीता पन्त ,जनक थापा,सुनिल ढुंगाना लगायतको टोलीले नगर प्रमुखलाई सहयोग रकम हस्तान्तरण गरेको थियो।
अपेनको सहयोगका लागि धन्यवाद दिदै नगर प्रमुख खरेलले नगरपालिकाका अन्य संघ संस्थाहरुलाई पनि सहयोगको आव्हान गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।