गोकर्णेश्वरमा कोरोना संक्रमण द्रुत जाँच गर्ने र्यापिड डाइग्नोस्टिक टेस्ट किट (RDT) आइपुग्यो

गोकर्णेश्वरमा  कोरोना संक्रमण द्रुत जाँच गर्ने र्यापिड डाइग्नोस्टिक टेस्ट किट (RDT) आइपुग्यो
कपन अनलाइन
काठमाडौँ,चैत्र ३० ।
गोकर्णेश्वर नगरपालिकालाइ कोरोना संक्रमण भए नभएको पत्ता लगाउने (र्यापिड डाइग्नोस्टिक टेस्ट)RDT प्राप्त भएको छ। आज गोकर्णेश्वर नगरपालिकालाइ स्वास्थ्य सेवा बिभाग टेकु बाट ६० थान (र्यापिड डाइग्नोस्टिक टेस्ट) प्राप्त भएको हो।नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीलाइ स्वास्थ्य सेवा बिभागका कर्मचारीले उक्त किट हस्तान्तरण गरेका हुन्।
र्यापिड डाइग्नोस्टिक टेस्ट मार्फत अब गोकर्णेश्वर नगरपालिकाले विदेश बाट आएका र शंकास्पद बिरामीहरुको परिक्षण गर्ने भएको छ। र्यापिड किटमार्फत गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट देखिए कन्र्फमेसनका लागि स्वाब पीसीआरमा पठाइने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीको भनाइ छ ।
शंकास्पद व्यक्तिको रगत लिएर परीक्षण गर्ने र्यापिड टेस्टले तत्काल परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्न सजिलो हुने पनि उनले बताए।
उनले हाल सम्म गोकर्णेश्वर नगरपालिकामा कुनै पनि कोरोना भाइरसको संक्रमित ब्यक्ति पहिचान नभएको हुँदा त्रसित नभई स्वास्थ्य सतर्कता अपनाउदै लक डाउनको पूर्ण पालना गर्न पनि अनुरोध गरेका छन् । हाल गोकर्णेश्वर नगरपालिकामा बिभिन्न वडामा विदेश बाट आइ होम क्वारेन्टाइनमा ५४ जना बसेका छन् ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकास्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, स्वास्थ्य कर्मचारी पूर्ण बस्नेत तथा गोकर्ण प्राथमिक अस्पतालका प्रमुख डा.सृजना पाण्डेय लगायतको उपस्थिति रहेको थियो

 

तपाइँको प्रतिक्रिया ।