नगरपालिकाको कोषमा पैयाटार आकासदेवी साकोस बुढानिलकण्ठ -११ को ३० हजार ५ सय ५५

नगरपालिकाको कोषमा पैयाटार आकासदेवी साकोस बुढानिलकण्ठ -११ को ३० हजार ५ सय ५५

कपन अनलाइन 

काठमाडौं ,चैत ३०।

पैयाटार आकासदेवी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -११ ले नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष राजकुमार खड्का ,सचिव राजेन्द्र बुढाथोकी ,कोषाध्यक्ष श्याम सुन्दर भण्डारी ,सदस्य गोपाल भण्डारी र प्रवन्धक कुमार थापा सहितको टोलीले नगर प्रमुख उद्दव खरेललाई ३० हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए।

नगरपालिकाको प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा योगदान दिदै आफ्नो सामाजिक आर्थिक उत्तरदायित्व पुरा गरेको संस्थाले जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।