आदरणीय टीका लाएको भिनाजुलाई सप्रेम सम्झना !
कपन अनलाइन
काठमाडौं ,चैत २७ /राजु श्रेष्ठ
आदरणीय टीका लाएको भिनाजु,
सप्रेम सम्झना ।
लामो समयसम्म हजुरलाई सम्झन सकिन, त्यसको लागि क्षमा चाहान्छु । नरिसाउनु होला । यस्तो वेलामा पनि नसम्झने के आफन्त भन्नु होला भनेर लेख्ने जमर्को गरे । भिनाजु के गर्नु यो लक्कडाउनमा डम्मर कुमारी काकीले दिमाग खाइ सकिन भन्या ।
छिनछिनमा मोवाइल देखाएर ढिलै भएनी हाम्रो नगरमा नी क्वारेन्टायन वन्यो नी थाहा पाइस भन्छिन कहिले अव औषधी पत्ता लागि सक्यो अव ढुक्क भएर वस भन्छिन ।
वुढीले टाउको खाइ सकिन भन्या । दिउसभरि फेसवुकमा लाइक र कमेन्ट गरि वस्छिन, उनको लाइक र कमेन्ट नभएको स्टाटस नै हुदैन भनेर छोरी भन्दैथी ।
यो वुढीलाइ वुढेसकालमा फेसवुकको भुत चडेको छ । अस्ति त जन्म दिनको शुभकामना लेख्न ठाउमा हार्दिक श्रदान्जली लेखदिछिन वरवाद भो भनेर वुढी हत्तनपत्त दौडेर आतिएर मकहां आथिन मलाइ नी के थाहा अनि छोरीले मिलाइ दि क्यारे । धन्न धेरैले हेर्न भ्याएन छन ।
अनि भिनाजु, हजुरको तिर राहत वांडेकी वांडेनन ।
हाम्रोमा त अस्ती देखि वांडन थाल्या छन । राहत वाडेको देख्दा चुनावको पो याद आयो मलाई के सारो मान्छे कुदेका हुन ।
मलाई त डरै लाग्यो म त डरले जान सकिन तर घरकी गएर ल्याई छाडी । अन्तअन्त त कस्तरी मिलाएर देका छन हाम्रोमा चाही खोई के भाहो कुन्नी । भोलि पल्ट यसो टोलतिर निक्लेको त छुटपुट भनेर फेरि वांडदै रैछन ।
एउटा आफैले चिनेको चुनावमा भोट हालेको मान्छेले लानुलानु भन्यो फोटो खिचेर फेसवुकमा हाल्ने भए लिन्न भनेको थिए , हाल्दिन भन्दै थियो मोराले पछि हाल्दे छ ।
सवैले अघिल्लो दिन वुढी लाने भोलि पल्ट वुढो, मोज गर्नुस भनेर जिस्काएर वेइज्त गरे, सरकारको खाको पनि उस्कै वाउको दिएको झै गरि प्रचार गरेछ असतीले । १० किलो चामल दिन १० जना उभिएर फोटो खिचेर फेसवुकमा हालेर हुर्मत लिएरै छाडयो ।
अनिकालको वेलामा विउ जोगाउनु भनेकोले वल्ल वल्ल ३ थान माकसको जो हो गरेको छु । माकस लाएर हिडदा त्यस्तो माक्सले कामै गर्दैन भन्छन गाउकाले ।
अस्ति भरखर कपडा ल्याएर मेरै आंखा अगाडि सिएर दिएका कसरी काम नगर्ने हो मैले भेउ पाउन सकेको छैन मेरो जस्तै माक्स लगाएर कति भिडभाडमा गएर राहत वाडन गका छन उनीहरुको चाही हुने मेरो चाहि नहुने खै मैले त कुरै वुझन सकेको छैन मत ढुक्कले आफनै टोलमा वनेको माक्स लार हिडी राछु ।
अनि हजुरले लाको त्यो कोकको विक्रो जस्तो भाको माक्सको चाहि कति पर्छ हाम्ले चाही पाउदैनौ । भिनाजु, अचेल मेरोे आनीवानीमा पनि निकै परिवर्तन आको छ ।
हात धुदा धुदा सेतो भएर आफनो होकी अरुको चिन्न गारो भा छ । अस्ती सम्म त डल्लो सावुनले हात धुन्थे हिजोवाट राहतको एउटा सावुन आको छ । तेही प्रयोग गरेको छु । हात धुदा आधा डल्लो आधा नुहाउने सावुन प्रयोग गर्ने गरेको छु अर्को राहत कहिले आउने हो त्यस वेला सम्म पुग्ला की नपुग्ला डर लागि राछ । अनि भिनाजु स्यान्टीराइजर हो की स्यानीटाइजर हो त्यो झोल कस्तो हुन्छ । त्यो चाही वांडदैनन कतै कतै त वांडे रे भन्ने सुन्थे ।
एक वोतल त्यो पाउन पाए अलि ढुक्क हुन्थ्यो । अचेल ढोकाको चुकुल देवे्र हातले खोल्न थाल्या छु। सकेसम्म देव्रेहात चलाउदा फाइदा भनेको सुनेकोले त्यही गरेको छु । एक्सरसाइजको कुरै नगरौं, अस्ति भरखर ओच्छाएको नया सुकुल प्वाल पर्न लागि सक्यो ।
वुढीले जाडो भरि लाएर वुनेको सुकुल मैले चैत महिनामा दोडेर फटाउन लाइ सके ,सुकुलको माया गरेर भो र यस्तो वेलामा । रामदेवको आलोम विलोम देखि २० वर्षे युवा अवस्थामा गर्ने गरेको सवै एक्सरसाइज अहिले गर्ने गरेको छु ।
पसले चाही सारै मोटाउने भए यो वेला ।
आज किनेर ल्याएको आलु वोरै सकिएको हुदैन भोलि अर्के भाउ हुन्छ । होइन भिनाजु प्राइभेट हस्पीटलहरुको चाल चाहि के हो यो । अस्ति डम्वर कुमारी काकीले एउटा विमारी लगेछिन भर्ना लिन नमाने पछि हामले सहे नी पशुपतिनाथले तिमीहरुलाई सहन्न भनेर वेसमारी वांझे पछि विरामी हेर्न थाल्यो रे । नाफा वाहेक राज्यप्रति कुनै दायित्व छैन यिनमा । भिनाजु अव फुर्सदै फुर्सद हो । लेख्दै गरौला नी है अहिलेलाई यति नै ।
उही तपाईको दुखी
विर्खे