शंखरापुर नगरपालिकामा बन्द गरिएको दुग्ध पदार्थ संकलन तथा ढुवानी सुचारु गरेका छौ :नगर प्रमुख सुवर्ण श्रेष्ठ

शंखरापुर नगरपालिकामा बन्द गरिएको दुग्ध पदार्थ संकलन तथा ढुवानी  सुचारु गरेका छौ :नगर प्रमुख सुवर्ण श्रेष्ठ

कपन अनलाइन

काठमाडौँ, चैत्र २७ ।शंखरापुर नगरपालिकाले बन्द गरिएको दुग्ध पदार्थ संकलन तथा  ढुवानी शुचारु गर्ने भएको छ। शंखरापुर नगरपालिकाले लक डाउनलाइ कडाइ  गर्ने क्रममा रोक लगाएको  दुग्ध संकलन तथा ढुवानी र तरकारी ढुवानी चैत्र २७ गते बाट सुचारू गर्न लागिएको  शंखरापुर नगरपालिकाका नगर प्रमुख  सुवर्ण श्रेष्ठले बताएका छन् ।सो सम्बन्धी  नगरपालिकाले सार्वजनिक सुचना समेत जारी गरेको छ ।

किसानलाइ  धेरै मर्का परेको  गुनासो आएको तथा उनीहरुको  स्वास्थ्यलाइ  मध्य नजर गर्दै केही नियमहरू राखि सुचारू गराउन लागेको उनले कपन अनलाइन लाइ बताए  ।उनका अनुसार दुध संकलन गर्दा सामाजिक दुरि कायम रहने गरि दुध संकलन गर्ने, दुध खन्याइ सके पछि भिड नहुने गरि तुरून्तै त्यहाँ बाट पठाउने, दुध संकलन केन्द्रमा सेनिटाइजर र साबुन पानीले हात धुने ब्यवस्था गर्नु पर्ने, दुध ल्याउने किसानले माक्स अनिवार्य लगाउनु पर्ने, दुध संकलन वरिपरिको  चिया पसल खोल्न  नपाउने र दुग्ध ढुवानी गर्दा उक्त  गाडीले  अन्य मानिस बोक्न  नपाउने गरि कार्य गर्नु पर्ने पनि बताए  ।

 उनले किसनहरुको समस्यालाई ध्यानमा राखेर दुध संकलनमा भिड भाड नगर्न सतर्कता पनि गराउदै  माथि उल्लेखित माप दण्ड पालना गर्न अनुरोध गर्दै संकलन  गर्दा राखिएको नियम पालना नगरी दुध संकलन गरेमा संकलन केन्द्र तत्काल बन्द गर्न सकिने पनि जानकारी गराए।केहि दिन अगाडि नेपालमा पनि कोरोना  भाइरसको  संक्रमितको  संख्या बढेसँगै लक डाउनलाइ  थप कडाइ गर्न दुग्ध ब्यवसायी तथा किसानहरूको  सल्लाहमा नगर स्तरीय सर्वदलीय संयन्त्रको  बैठकको  निर्णय अनुसार २५ गते बाट दुग्ध तथा तरकारी ढुवानी रोक्ने निर्णय गरेको थियो  ।

केही मानिसहरूले नगर प्रमुख  श्रेष्ठले आफु  खुशी निर्णय गरेको  आरोप  लगाएता पनी त्यसमा कुनै सत्यता नभएको  बताउदै उनले  यस संकटको  घडिमा राजनितिलार्इ एक ठाउँमा राखेर सबै दलहरू र संघ संस्था सँग मिलेर काम गरि रहेको बताउदै संकटको बेलामा सबैको साथ र सहयोग आवश्यक भएको पनि बताए । साथै उनले  नगरपालिका भित्र तरकारी निर्यात पनि खुलेको जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।