बुढानिलकण्ठ र टोखाका जनप्रतिनिधिलाई नेपाली सेनाको विपद व्यवस्थापन अभिमुखीकरण

बुढानिलकण्ठ र टोखाका जनप्रतिनिधिलाई नेपाली सेनाको विपद व्यवस्थापन अभिमुखीकरण

कपन अनलाइन

काठमाडौं ,चैत २६।

नेपाली सेनाले बुढानिलकण्ठ र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापनका विषयमा अभिमुखीकरण कार्यक्रम संचालन  गरेको छ।

दुवै नगरपालिकाका जनप्रतिनिधिहरुलाई नेपाली सेनाले विपद व्यवस्थापनका लागि बनाएको अवधारणाका वारेमा प्रस्तुतीकरण गरिएको थियो ।नेपाली सेनाले कोरोना प्राकोप नियंत्रणका लागि नेपाली सेनाले काठमाडौं महानगरपालिका वडा नं ३,४र १५ मा  अभ्यास गरिरहेको कार्ययोजना र संरचनाका वारेमा जानकारी गराइएको थियो।

 

काठमाडौं क्षेत्र नं ५ (२) बाट प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौला, प्रदेस सभा सदस्य भीमसेन खत्री , प्रदेस सभा सदस्य सिता लामा ,जिल्ला समन्वय समिति काठमाडौंकी सदस्य सावित्रा भट्टराई ,बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई ,नेपाल कम्युनिस्ट पार्टीका नारायण भाइ श्रेष्ठ ,नेपाली कांग्रेसका दिपक खत्री ,विवेकशील दलका हरि श्रेष्ठ सहित सुरक्षा निकायका प्रतिनिधिहरु उपस्थित रहेको कार्यक्रममा नेपाली सेनाका मेजर गोविन्द भुजेलले विपद व्यवस्थापन अवधारणाका वारेमा ब्याख्या तथा प्रस्तुतीकरण गरेका थिए।

नेपाली सेनाको विशेष सैनिक बाहिनीले विपद व्यवस्थापनका लागि वडा स्तरमा मूल समिति ,चार मुख्य समिति र वडाको क्षेत्रलाई विभाजन गरि वडा सदस्यको नेतृत्वमा राहत वितरण ,आपतकालीन उद्दार ,सचेतना तथा प्रकोप रोकथामका काम गरिरहेको बुढानिलकण्ठ -८ निवासी उप बाहिनी पति कर्णेल श्रवण विस्टले जानकारी दिए।

यस अवधारणा अन्तर्गत स्वास्थ्य सेवा ,राहत वितरण ,सुरक्षा र प्रचार चार उपसमितिहरु वडा सदस्यको नेतृत्वमा गठन गर्दै ति उपसमिति अन्तर्गत क्वारेन्टाइन स्थल सुरक्षा ,राहत वितरण ,तथ्यांक संकलन जस्ता कामहरु गरिने कर्णेल विस्टले कार्यक्रममा सहभागीहरुलाई जानकारी दिएका थिए।

यसै अवधारणा अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाका ३,४,५,६,र ७ तथा टोखा नगरपालिकाका २,३,४,५,६,र ७ मा समिति तथा उपसमिति गठन भैसकेका छन भने यी वडाहरुमा रास्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिहरुलाई पनि मूल र उपसमितिमा समावेस गरिएको छ।

नेपाली सेनाको विशेष सैनिक बाहिनीको विपद व्यवस्थापनको संरचना :

माथि उल्लेखित मूल समिति र उपसमितिको जिम्मेवारी :

मुल समिति

(क)  वडा स्तरका सरोकारवाला, स्वयमसेवक तथा सुरक्षा निकायका प्रतिनिधिहरु समावेश गरी आवश्यकता अनुसार मुल समिति अन्तरगत विभिन्न टोल समितिहरुको गठन गरि परिचालन गरिने  ।

(ख)  माथिल्लो निकायसंग समन्वय गरी आफ्नो कार्य क्षेत्र अन्तर्गतका उप-समितिहरु तथा कार्य समितिहरुलाई आवश्यक निर्देशन दिने साथै दैनिक रुपमा प्रतिवेदन गर्ने ।

(ग)  नेपाल सरकारले जारी गरेका विभिन्न निर्देशन, मापदण्ड तथा योजनाको अधिनमा रहेर आवश्यक कार्यहरुको बिस्तृत योजना बनाई सोको कार्यान्वयन तथा निरिक्षण गर्ने ।

(घ)  आफ्नो वडामा भएका खाद्य तथा गैर खाद्य सामाग्री पसल, वितरण केन्द्र, Departmental Store, Mart, Gas Depot, बैङ्क, अस्पताल, विद्यालय, होस्टेल, होटल, पार्टी प्यालेस,  बुथ, पेट्रोल पम्प, खुल्ला स्थान र अन्य महत्वपुर्ण स्थानहरुको पहिचान गरी सो को संख्यात्मक तथा क्षमतागत विवरण अध्यावधिक गर्ने ।

(ङ)  दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन माथिल्लो निकायसंग समन्वय     गर्ने ।

(च)  वर्गिकृत क्षेत्र अनुसार दैनिक उपभोग्य सामाग्री तथा खाद्य बस्तुहरुको आवश्यकतालाई मध्यनजर गरी उचित भण्डारण तथा वितरणको लागि उपयुक्त स्थानहरुको छनौट गर्ने ।

(छ)  माथिल्लो सरोकारवाला निकाय तथा  अस्पताल/हेल्थ सेन्टरहरुसंग समन्वय गरी डाक्टर, स्वास्थ्यकर्मी, आवश्यक श्रोत (एम्बुलेन्स, सवारी साधन) तथा औषधिहरुको ब्यवस्थापन गर्ने साथै वर्गिकृत क्षेत्र अनुसार कार्य समिति, उप कार्य समिति र  टोल समितिमा रहेका स्वयमसेवकहरुलाई स्वास्थ्य उपचार सम्बन्धी तालिम गराउने ब्यवस्था मिलाउने ।

(ज)  स्वयमसेवकहरु छनौट गर्दा स्वास्थ्य क्षेत्रमा Internship गरिरहेका, National Cadet Corps (NCC) , स्काउट तालिम प्राप्त, म्यादी प्रहरी, स्थानिय क्लबका जागरुक युवा समुहहरुबाट छनौट गर्न उपयुक्त हुने ।

(झ)  अस्थाई उपचार संरचना तयार गर्न तथा Quarantine र Isolation ईलाकाको ब्यवस्था गर्न विद्यालय, होस्टेलहरु, खुल्ला ईलाका, होटेल तथा पार्टी प्यालेसहरुको पहिचान गरी आवश्यक योजना, तयारी र समन्वय गर्ने ।

(ञ)  माथिल्लो सरोकारवाला निकाय तथा स्थानीय संचार माध्यमहरुसंगको सहकार्यमा दैनिक उपभोग्य सामाग्रीको उपलब्धता तथा अत्यावश्यक स्वास्थ्य सेवा सम्बन्धी सुचनाहरुको संप्रेषण गर्ने व्यवस्था मिलाउने ।

(ट)  आपतकालिन सेवा तथा कुनै पनि सुचना प्राप्तीको लागि 24/7 HOTLINE सुविधाको ब्यवस्था गर्ने ।

(ठ)  जनचेतनामुलक सुचना, भ्रामक खबरहरुको खण्डन र उत्प्रेरणामुलक कार्यक्रमहरुको प्रसारण गर्ने ब्यवस्था मिलाउने ।

(ड)  मुल समितिले तोकेको सम्पुर्ण कार्यहरु सही रुपमा सम्पादन भए नभएको एकिन गर्ने वा सो कार्यको लागि छुट्टै अनुगमन समितिको व्यवस्था गर्न सक्ने ।

   स्वास्थ्य उपचार उपसमिति

(क)  यस उप समिति अन्तरगत मेडिकल टिम, Quarantine ब्यवस्थापन समुह र एम्बुलेन्स टिम रहनेछ । श्रोतसाधन उपलब्ध भएमा वर्गिकृत क्षेत्रका लागि मेडिकल टिम र एम्बुलेन्स टिम थप गर्न सकिनेछ ।

(ख)  वडा मुल समिति तथा स्थानीय अस्पताल/हेल्थ सेन्टरहरुसंग समन्वय गरी औषधिहरु, स्वास्थ्यकर्मी, आवश्यक श्रोत (एम्बुलेन्स, सवारी साधन) तथा Quarantine ब्यवस्थापन गर्ने साथै वर्गिकृत क्षेत्र अनुसार कार्य समिति, उप कार्य समिति र  टोल समितिमा रहेका स्वयमसेवकहरुलाई स्वास्थ्य उपचार सम्बन्धी तालिम गराउने ब्यवस्था मिलाउने ।

(ग)  यस उप-समितिले मुल समितिसंग समन्वय गरी माथिल्लो निकायबाट COVID-19 Test Kit उपलब्ध गराउन पहल गर्ने ।

(घ)  वडा भित्र कुनै स्थानमा विरामी भएको खवर प्राप्त भएपश्चात उक्त स्थानमा गर्इ विरामीको प्राथमिक उपचार गर्ने ।

(ङ)  उक्त स्थानमा नै उपचार सम्भव भए सोही स्थानमा उपचार गर्ने र सम्भव नभएमा निज विरामीलार्इ एम्वुलेन्स टिम बोलार्इ सम्बन्धित अस्पतालमा पठाउने  ।

(च)  वडा भित्र स्वास्थ्य सम्बन्धि जनचेतना जगाउन स्थानीय सञ्चार माध्यमसंग सहकार्य    गर्ने ।

(छ)  वडा भित्रका COVID-19 बाट संकटासन्न समुहहरुको पहिचान गरी रेकर्ड तथा निगरानी राख्ने ।

(ज)  वडा भित्रका क्वारेन्टार्इन/आर्इसोलेशन र्इलाकाहरुको ब्यवस्थापन तथा उक्त र्इलाकाहरुमा किटाणुशोधनको कार्य गर्ने ।

(झ)  मोवार्इल मेडिकल टिम प्रस्तावितः-सवारी साधन सहितको स्वास्थ्यकर्मी १, सहयोगी १ र ड्रार्इभर १) ले आवश्यक औषधिहरु घर-घरमा पुर्‍याउने साथै प्राथमिक उपचारको कार्य गर्ने ।

(ञ)  एम्बुलेन्स टिमले मोवार्इल मेडिकल टिमको सिफारिसमा विरामीलार्इ सम्बन्धित अस्पतालमा पुर्‍याउने ।

 

  Quarantine ब्यवस्थापन समुह

(क)  यस समुह अन्तर्गत स्वास्थ्य, बन्दोबस्ती र सुरक्षा उप समुहहरु रहनेछन ।

(ख)  स्वास्थ्य उप समुहमा डाक्टर, स्वास्थ्यकर्मी र स्वयमसेवकको टोलीले Quarantine मा रहेका ब्यक्तिहरुको दैनिक रुपमा स्वास्थ्य जांच तथा निगरानी गर्नेछ ।

(ग)    COVID-19 को लक्षण देखा परेमा आईसोलेशनमा राखी ल्याब टेष्टको लागि तोकिएको अस्पतालमा नमुना संकलन गरी पठाउनेछ ।

(घ)  नमुना परिक्षणको नतिजाको आधारमा पोजेटिभ देखिएमा स्वास्थ्य उपचार उप समितिलाई प्रतिवेदन गरी तुरुन्त अस्पताल लाने ब्यवस्था मिलाउनेछ ।

(ङ)  बन्दोबस्ती उप समुह अन्तर्गत रहेको टोलीले Quarantine मा रहेका ब्यक्तिहरुको नियमित रुपमा खानपीनको ब्यवस्था मिलाउनेछ ।

(च)  सुरक्षा उप समुहले Quarantine ईलाकाको सम्पुर्ण सुरक्षाको ब्यवस्था   मिलाउनेछ ।

शान्ति सुरक्षा उपसमितिको जिम्मेवारी

(क)  यस उप-समिति अन्तरगत सुरक्षा फौजका प्रतिनिधिहरु, वडा प्रतिनिधि र स्थानीय टोल प्रतिनिधि हुनेछन ।

(ख)  जनतामा सुरक्षाको प्रत्याभुति दिलाउन महत्वपुर्ण स्थानहरु जस्तैः खाद्य स्टोर र अस्पतालहरुको सुरक्षा ब्यवस्था गर्ने ।

(ग)  महत्वपुर्ण ईलाका तथा स्थानहरुम हुन सक्ने अनियन्त्रित भिडलाई मध्यनजर गरी गस्तीहरु संचालन गर्ने ।

(घ)    Quaranitine ईलाकाको सम्पर्ण सुरक्षा ब्यवस्थापन मिलाउने ।

  सुचना उपसमितिको जिम्मेवारी

(क)  यस उप-समिति अन्तरगत स्थानीय सञ्‍चार क्षेत्रको प्रतिनिधि, संचारकर्मी र स्वयमसेवक हुनेछन ।

(ख)  सुचना सम्प्रेषण, सचेतना, जागरण, उत्प्रेरणामुलक कार्यक्रम तथा मनोवैज्ञानिक सन्तुलन कायम राख्‍ने कार्यहरुको सम्पुर्ण जिम्मेवारी बहन गरी योजना तर्जुमा गर्ने र कार्य समिति, उप कार्य समिति मार्फत कार्यान्वयन गराउने ।

  खाद्यन्न सामाग्री उपसमिति

(क)  खाद्यान्न व्यबसायी तथा सरोकारवाला निकायको समन्वयमा खाद्यान्न सामाग्रीसंग सम्बन्धित सम्पूर्ण व्यवस्थापन (संकलन, भण्डारण र वितरण) गर्ने ।

(ख)  मुल समितिको निर्देशन बमोजिम वडा भित्र उपयुक्त स्थान पहिचान गरी कार्य समिति/ उप-कार्य समितिहरुलार्इ खाद्यान्न भण्डारण तथा वितरणको व्यवस्थामा निर्देशन, समन्वय र सहयोग गर्ने ।

(ग)  मुल समितले अध्यावद्यिक गरेको परिवार संख्याको अनुपातका आधारमा खाद्यान्न वितरण गर्ने ।

(घ)  कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणको लागि मुल समितिलाई सहयोग    गर्ने ।

(ङ)  खाद्यान्न व्यबसायीको सहयोगमा न्युनतम आवश्यक खाद्यान्न सामाग्रीहरु (Combo Pack) तयार गरी कार्यान्वयन गर्ने ।

कार्य समिति

(क)  उप-कार्य समितिहरुको कार्य प्रगति अनुगमन गर्दै Ground Level मा आएका समस्याहरु मुल समिति समक्ष पेश गर्ने ।

(ख)  लक डाउनलार्इ असरदार रुपमा कार्यान्वयन गराउन वडाका वासिन्दाहरुलाई  उत्प्रेरित गर्ने ।

(ग)  उप-कार्य समितिसंग समन्वय गरी आफ्नो Cluster भित्रका बिरामी तथा संकास्पद संक्रमितहरुको रेकर्ड  स्वास्थ्य उपसमितिमा पठाउने ।

(घ)  जनस्तरमा आत्मअनुशासन बोध गराउन तथा शिक्षित गराउन Miking तथा Social Media मा समुहहरु गठन गर्ने  ।

(ङ)  जनताको आत्मभरोसा वृद्धी गर्न शान्ति सुव्यवस्था कायम गर्ने, आधारभुत खाद्यपदार्थ तथा स्वास्थ्य सम्बन्धि समस्याहरु समयमानै हल गरिदिने ।

(च)  आफ्नो Cluster मा भएका महत्वपूर्ण स्थानहरु (अस्पताल, औषधि पसल, खाद्य स्टोर) सुरक्षित भएको एकिन गर्ने र सुरक्षा कर्मीको आवश्यक परे मुल समिति मार्फत समन्वय गर्ने ।

  उपकार्यसमिति

(क)  कार्य समितिको निर्देशन बमोजिम परिचालन हुने ।

(ख)  Ground Level मा आएका समस्याहरु कार्य समितिमा पेश गर्ने ।

(ग)  लक डाउनलाई  असरदार रुपमा कार्यान्वयन गराउन कार्य समितिको निर्देशन बमोजिम वडाका वासिन्दाहरुलार्इ उत्प्रेरित गर्ने ।

(घ)  आफ्नो Cluster भित्रका बिरामी तथा संकास्पद संक्रमितहरुको रेकर्ड  स्वास्थ्य उपसमितिमा पठाउने ।

(ङ)  जनस्तरमा आत्मअनुशासन बोध गराउन तथा शिक्षित गराउन Miking तथा Social Media मा समुहहरु गठन गर्ने  ।

(च)  जनताको आत्मभरोसा वृद्धी गर्न शान्ति सुव्यवस्था कायम गर्ने, आधारभुत खाद्यपदार्थ तथा स्वास्थ्य सम्बन्धि समस्याहरु समयमानै हल गरिदिने ।

(छ)  आफ्नो Cluster मा भएका महत्वपूर्ण स्थानहरु (अस्पताल, औषधि पसल, खाद्य स्टोर) सुरक्षित भएको एकिन गर्ने र सुरक्षा कर्मीको आवश्यक परे मुल समिति मार्फत समन्वय गर्ने ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।