पाँचखाल नगरपालिकामा एकदिने फेमिनिस्ट सम्मेलन (OFC) र दीक्षान्त समारोह
कपन अनलाइन
काठमाण्डौ ,पुस १८ ।
उज्यालो फाउण्डेशनले २०८१ साल पुष १६ गतेको दिन काभ्रे स्थित पाँचखाल नगरपालिकामा एकदिने फेमिनिस्ट सम्मेलन (OFC) र दीक्षान्त समारोह सम्पन्न गरेको छ।
उज्यालो फाउण्डेशनका संस्थापक तथा कार्यकारी निर्देशक अमुदा मिश्र द्वारा कार्यक्रममा उपस्थित सम्पूर्णलाई आमन्त्रण स्वीकारेर कार्यक्रममा उपस्थितिको लागि धन्यबाद दिदै कार्यक्रम उद्घाटन भएको घोषणा गरेकी थिइन् ।
सो कार्यक्रममा १११ जना स्थानीय तथा समुदायका अन्य व्यक्तित्वहरुको सहभागी रहेको थियो। कार्यक्रमको ओपेनिङ्ग प्लेनरीमा “युवा महिलाहरूको नेतृत्वबाट समुदायहरूको सबलीकरण” विषयमा विस्तृत रुपमा छलफलहरु भयो भने क्लोजिङ्ग प्लेनरीमा , “युवा महिलाहरूका लागि अवसरहरू: परिवर्तनका लागि स्थानीय सरकार र वैश्विक साझेदारी” विषयमा पनि छलफलहरु भएको थियो ।
कथाको कुञ्ज अन्तर्गत एमपावहर २०२४ का सहभागीहरुले आफुले कार्यान्वयन गरेका परियोजनाको बारेमा कथा सार्वजनिक गरे भने स्थानीय उद्यमलाई प्राथमिकता दिदै पांचखालमा उत्पादन हुने विभिन्न सामान, बिरुवा, तरकारी तथा फलफूलहरुको स्टल समेत प्रदर्शनीमा राखिएको थियो।
त्यस पश्चात एमपावहर २०२४ का सहभागीहरुको यात्राको प्रस्तुतीकरण भएको थियो जसमा उज्यालोको सहकर्मी, एक मार्गदर्शक र एक सहभागीद्वारा प्रस्तुत भयो। यात्राको प्रस्तुतीकरण पछी सहभागीहरुको इन्डक्सन समारोह भयो जहाँ उज्यालोको पूर्व सहभागीहरुको समुहमा आमन्त्रण गरियो र थप जिम्मेवारीहरूको बारेमा जानकारी गराइयो। यस पछी सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो र उत्कृस्ट सहभागी र मार्गदर्शक पनि घोषणा गरिएको थियो ।
कार्यक्रममा एमपावहर २०२४ को सहभागीहरुको यात्राको भिडियो पनि प्रस्तुति भएको थियो। अन्त्यमा उज्यालोको परियोजना संयोजक जानुका खतिवडाद्वारा कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई वहाहरुको सहभागिताको लागि धन्यबाद दिदै महिला नेतृत्वलाई अगाडी बडाउन सहयोग गर्नु भएकोमा पुन धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए।