आत्मा विकास विद्यालयमा पुस २० गते बृहत निशुल्क स्वास्थ्य परामर्श शिविर हुने
कपन अनलाइन
काठमाण्डौ ,पुस १८।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको आत्मा विकास विद्यालयमा पुस २० गते बृहत निशुल्क स्वास्थ्य परामर्श शिविर हुने भएको छ।सो सिविरमा बाल ओग ,मधुमेह , थाइराइड आदि रोगको परिक्षण तथा परामर्श प्रदान गरिनेछ।
मेट्रो काठमाण्डौ हस्पिटलको आयोजना र आत्मा विकास आधारभूत विद्यालय र नेसनल ब्लुमिंग फ्लावर मावि को सह आयोजनामा हुने सो शिविरमा आउने सेवाग्राहीलाई विभिन्न सेवाहरुमा विशेष छुट समेत प्रदान गरिने विद्यालयका प्रधानाध्यापक धर्मराज थापाले जानकारी दिएका छन।
उक्त शिविर बिहान १०.३० बजे देखि २ बजे सम्म संचालन हुनेछ।
तपाइँको प्रतिक्रिया ।