गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा घर घरमै पुगी राहत वितरण गर्छौ :वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा घर घरमै पुगी राहत वितरण गर्छौ :वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी

कपन अनलाइन

काठमाडौँ, चैत्र २६ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा राहत वितरणको साथ साथै राहतको लागि बिवरण संकलन कार्य द्रुत गतिमा अघि बढेको वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी गराए ।उनले संकलित विवरणको आधारमा  घर घरमा नै पुगेर राहत वितरण समेत गरिएको जानकारी गराए ।उनले राहत वितरणको लागि गोकर्णेश्वर नगरपालिका वडा नं ३ को साबिक बालुवा गाबिस १ देखि ९ सम्मको लागि  स्वयं सेवकहरु लागि परेको बताए।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा ३ मा  बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि स्वयं सेवकहरु द्वारा  लगत फारम संकलन भईरहेको  जानकारी गराउदै बास्तविक असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारको बिवरणको आधारमा घर मै पुगेर राहत वितरण गरिएको बताए।

उनले राहत वितरण पहिलो चरणमा दैनिक मजदुरी गरि खाने अति भन्दा अति बिपन्न बर्गका पिडितहरुले मात्र पाउने जानकारी गराउदै उनले यस असहज परिस्थितिमा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नबुझिदिन र राहतको लागि फारम समेत नभरी दिन पनि उनले  सबैलाई अपिल गरेका छन्  उनले उनले राहत फारम को लागि निम्न ब्यक्तिलाइ सम्पर्क गर्न सकिने बताए।

 साबिक बलुवा वडा नं  १ किरण बहादुर बिष्ट : ९८४१३३३४९४

 साबिक बालुवा वडा नं २ गोकुल बिष्ट : ९८५१००११२२

  साबिक बालुवा वडा नं ३ हर्क बहादुर तामाङ:९८४१३८८६६७

  साबिक बालुवा वडा नं ४ लक्षमण कुमार लामा :९८४१५७१७९६

  साबिक बालुवा वडा नं ५ बिमान लामा :९८५१०१६९१८

  साबिक बालुवा वडा नं ६ मुरारी प्रसाद भण्डारी : ९८४१४१८७०

  साबिक बालुवा वडा नं ७ राम कृष्ण श्रेष्ठ: ९८६६४४२११६

  साबिक बालुवा वडा नं ८ लक्ष्मी भण्डारी :९८४१५८०५३४

  साबिक बालुवा वडा नं ९ राज कुमार केसी :९८६०४६७५०१ लाइ सम्पर्क गर्न पनि अनुरोध  गरेका छन्।साथै उनले गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको र  वडामा बाहिरबाट आउने मानिसको चाप बढे संगै स्थानीयको गुनासो लाइ सम्बोधन गर्दै  लक डाउनलाइ  पूर्ण रुपमा पालना गर्न समेत अनुरोध गरेका छन्।

तपाइँको प्रतिक्रिया ।