म र मेरो जिब्रो कबिता

म र मेरो जिब्रो कबिता

कपन अनलाइन

काठमाडौं ,चैत २५ /डिपी आचार्य 

तलाई  बिहान उठेर मुखभरिको रसमा बस्दापनी मैले सफा गरिदिनुपर्ने
तैले अर्डर गरे अनुसारको खाना बन्दाबन्दिमा पनि मैले जुटाउनै पर्ने?
ए जिब्रो तँ कति बैगुनी जिब्रो,तलाई लकडाउन थाहा छैन ?

 सबेरै मनतातो पानी तँ नरुचाउने,
चियाभने तलाई बाक्लो दूधको चाहिने?
ए जिब्रो तँ कति बैगुनी जिब्रो तलाई……

 ब्रेकफास्ट तँ मुखै रसाएर तँ नै डुब्ने चहिने,
जिब्रो, तेरो इच्छा पूरा गर्नु हुन्थ्यो, म बाहिर निस्कन नपाउने।
ए जिब्रो……

 स्वादिलो स्वादिलो खानेकुरा तँ मीठो मान्ने,
बजारबाट खोजेर ल्याएको कुरा तँलाई मन पर्ने?
ए जिब्रो…….

बर्गर,पिजा,म.म.चाउमिन एस्तो पाए तँ मख्ख पर्ने,
अलिकती नुन पिरो तल माथि भए तँआँखा तर्ने?
ए जिब्रो…….

 तँलाई स्वाद आईन्जेल तँ झ्याप-झ्याप खाने,
फरक स्वाद हुने बित्तिकै तैले खाना छोड्नु पर्ने?
ए जिब्र…..

 ए जिब्रो त्यो खानामा कति लगानी छ तँलाई थाहा छ?
यस्कालागी दिनरात नभनी मैले कति दु:ख पाछ।
ए जिब्रो……

 अङ्गुर,मेवा,सुन्तला ,किवि फलफुल तँलाई मन पर्ने,
मकै,भटमास,चिउरा चपाउन तँ हल्लिनु पर्छ भनेर अल्छि गर्ने?
ए जिब्रो……

 गुन्द्रुक,सिन्की तामाजस्ता तरकारी तलाई अमिलो हुने,
ब्रोकाउली,बन्दा,चम्सुर, पालुङ्गो खोज्न म कहाँ जाने?
ए जिब्रो……

 भुटुवा ,पक्वा ,रस राखेको मटन चिकेन तँलाई मन पर्ने,
गेडागुडी र दालमामात्र रस हाले तँलाई निद्रा नपर्ने?
ए जिब्रो….

 मनतातो पानीले तँलाई रसाईरहन तँ अल्छि गर्ने,
आइसकृम,बरफ,कोकफेन्टा पायो भने त मख्ख पर्ने?
ए जिब्रो…….

 मादक पदार्थ सेवन गर्नु हुन्न भन्दापनी त स्वाद लिई लिई गर्ने,
सुगर,प्रेसर,पेटको रोगजस्ता कुराको तँ मतलव नगर्ने?
ए जिब्रो……

 चौरासी ब्यन्जन बनाएर दिए तँ खुशी हुने,
रोटो पिठोबाट छाक टारौ भन्दा तँ दुःखि हुने?
ए जिब्रो…..

 दाल,भात तरकारी,अचार तेरो फेब्रेट खाना,
जाउलो, खिचडिले टार्नु पर्ने कोरोनाले ल्यायो जमाना।
ए जिब्रो……

संकटको बेलामा घरमै भएको परिकार ख्वाएर तँलाई रोक्न पर्ने,
घर छेउमा पाइएको सामानको बढी पैसा तिर्नु पर्दा तँ जिब्रो टोक्ने?
ए जिब्रो,तँ कति बैगुनी जिब्रो तँलाई लकडाउन भन्ने थाहा छैन ?

तपाइँको प्रतिक्रिया ।