नेपाली कांग्रेस काठमाडौं ४ (ख) द्वारा बुढानिलकण्ठ नगरपालिकाको ध्यानाकर्षण तथा आर्थिक सहयोग

नेपाली कांग्रेस काठमाडौं ४ (ख) द्वारा बुढानिलकण्ठ नगरपालिकाको ध्यानाकर्षण तथा आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २५।

नेपाली कांग्रेस प्रदेस सभा क्षेत्रीय समिति काठमाडौं ४ (ख) ले बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा ६२ हजार ५ सय रुपैया सहयोग गरेको छ।

प्रदेस सभा क्षेत्रीय समिति काठमाडौं ४ (ख) का सभापति बिनोद चालिसेको नेतृत्वमा रहेको टोलीले नगर प्रमुख उद्दव खरेललाई सहयोग रकम हस्तान्तरण गरेको थियो।साथै सोहि अवसरमा उक्त समितिले नगरप्रमुख खरेललाई ध्यानकर्षण पत्र पनि बुझाएको थियो।

साथै सो टोलीले नगरप्रमुख खरेल संग छलफल गर्दै नगरपालिकाले विपद व्यवस्थापनका लागी गर्ने हरेक काममा आफ्नो पार्टीको रचनात्मक सहयोग रहने प्रतिवदत्ता व्यक्त गर्दै यस्तो अवस्थामा हुने गलत र जनहित विरोधी  गतिविधि प्रति सचेत रहन आग्रह गरिएको सभापति चालिसेले बताए।

उक्त अवसरमा नगर प्रमुख खरेलले महामारी र विपत्ति सबैलाई पर्ने र परेको भन्दै यस्तो समयमा सहयोग गर्ने प्रतिवादत्ता व्यक्त गरेकोमा सो समितिलाई धन्यवाद दिएका थिए ।

उक्त टोलीमा नेपाली कांग्रेका नेता  राजाराम बुढाथोकी ,अच्युत पौडेल,बुढानिलकण्ठ १० का सभापति श्याम डोटेल ,११ का सभापति राधेश्याम खत्री ,तेज रोक्का ,ललिता देवी गुरुङ सहि समितिका सदस्य तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस प्रदेस सभा क्षेत्रीय समिति काठमाडौं ४ (ख) को ध्यानाकर्षण पत्र :

तपाइँको प्रतिक्रिया ।