लकडाउनको मौका छोपेर गोकर्णेश्वर -३ गाम्चामा व्यापक बन फडानी गरि काठ चोरी

लकडाउनको मौका छोपेर गोकर्णेश्वर -३ गाम्चामा व्यापक बन फडानी गरि काठ चोरी

कपन अनलाइन

काठमाडौं चैत्र २४।

लक डाउनको मौका छोपेर सामुदायिक वनबाट काठ चोरी गर्ने गिरोह सक्रिय बनेका छन् गोकर्णेश्वर नगरपालिकामा ३ स्थित गाम्चा सामुदायिक बन बाट सल्लाका रुखहरु काटिएका हुन् ।

विश्वव्यापी महामारीको रूप फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लक डाउनको मौका छोपी गाम्चा सामुदायिक बन बाट करिब १५ वटा सल्लाको रुखहरु काटिएको र सो बारेमा सम्बन्धित निकायमा जानकारी गराएको एक स्थानीय कपन अनलाइन लाइ बताए ।स्थानिएहरुले काठ तस्करी गर्नेलाई खाजी गरेर कारबाही गर्न माग समेत गरेका छन।

सो बिषयमा गाम्चा सामुदायिक बन उपभोक्ता समुहले समेत उक्त बन क्षेत्रमा अत्याधिक रुपमा सल्लाको रुखहरु कटानी गरि चोरी भइरहेको भनि सम्बन्धित बन कार्यालय र स्थानीय प्रहरी द्वारा निरीक्षण गरि कारबाही प्रक्रियामा भइरहेकोले कटान भएको रुखहरु सोहि स्थानमा गणना गरि कारबाही प्रक्रिया अगाडी बढाई छानबिन भइरहेको जानकारी गराउदै सो संग सम्बन्धित उपभोक्ताहरुले आवश्यक सहयोग गरिदिन समेत अनुरोध गरिएको छ ।

बन उपभोक्ता समितिको ध्यानकर्षण :

तपाइँको प्रतिक्रिया ।