काठमाडौं महानगरपालिकाका तिन वडामा नेपाली सेनाको विशेष अभियान

काठमाडौं महानगरपालिकाका तिन वडामा नेपाली सेनाको विशेष अभियान

कपन अनलाइन

काठमाडौं ,चैत २१।

नेपाली सेनाले कोरोना भाइरसको नियन्त्रण,रोकथाम तथा उद्दारको कामलाई प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाका तिन वटा वडालाई नमुना वडाका रुपमा छनौट गरेको छ।

नेपाली सेनाले काठमाडौं महानगरपालिका वडा नं ३ ,४ र १५  मा राहत तथा उद्दार साथै रोकथामका विभिन्न अभियानहरु स्थानीय तहको समन्वयमा संचालन गर्दै आएको छ। नेपाली सेनाले यी वडामा संचालन हुने अभियानहरुमा जनप्रतिनिधि तथा स्वयंसेवक परिचालनको संरचना निर्माण गरेर उद्दार तथा रोकथामको कामलाई अगाडी बढाएको हो।

छनौट भएका वडालाई चार वडा सदस्यको नेतृत्व रहने गरि चार भागमा विभाजन गरेर सर्वदलीय स्वयंसेवक दस्ता निर्माण गर्दै तथ्यांक संकलन ,राहत वितरण तथा सचेतनाको कार्यलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै वडा सदस्यको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन,शान्ति सुरक्षा ,स्वास्थ्य तथा सुचना तथा प्रचार समिति निर्माण गर्दै वडा अध्यक्षको नेतृत्वमा मूल समिति परिचालन गर्ने अवधारणा नेपाली सेनाले लागु गरेको छ।

यी वडाहरुमा फोहोरमैला व्यवस्थापन,घर घरमा पुगेर राहत वितरण तथा क्वारेन्टाइन क्षेत्रको शान्ति सुरक्षाको प्रवन्ध सहित आपतकालीन सेवा समेत यस अभियानमा रहेका छन।

यसै अवधारणालाई काठमाडौं क्षेत्र नं ५ (२) का वडाहरुमा पनि लागु गर्ने तयारी गरिएको छ। बागमती प्रदेस सरकारको निर्णय अनुसार सो निर्वाचन क्षेत्रमा अनुगमन तथा सहयोगको संयोजन गरिरहेका प्रदेस सभा सदस्य दिपक निरौलाले यो कार्ययोजना अहिलेको अवस्थामा प्रभावकारी रहेकोले लागु गरिएको बताएका छन।

नेपाली सेनाले अहिले आफ्नो पोस्ट रहेको स्थानीय तह संग समन्वय गरेर राहत तथा उद्दारमा सक्रिय रहेको छ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।