कोरोना भाइरसको कारण बौद्ध तेमाल जात्रा स्थगित, विधिवत पुजा मात्रा हुने

कोरोना भाइरसको कारण बौद्ध तेमाल जात्रा स्थगित, विधिवत पुजा मात्रा हुने

कपन अनलाइन

काठमाडौं चैत्र २५।  प्रत्येक वर्ष मनाइदै आएको धार्मिक तथा सांस्कृतिक बौद्ध तेमाल जात्रा यस पटक नमनाइने भएको छ । महानगरीय प्रहरी वृत्त बौद्ध मा भएको छलफल पछि उक्त जात्र स्थगित  गर्ने  निर्णय भएको हो।

उक्त छलफलमा बागमती प्रदेशका  सांसद माननीय छिरिंग दोर्जे लामा ,महानगरीय प्रहरी वृत्त बौद्दका कार्यलय प्रमुख पहरी नायब उपरीक्षक नबिन कार्की ,काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा बौद्दनाथ क्षेत्र विकास समितिका चन्द्रमान लामा  अध्यक्ष खड्गजित लामा, कार्यकारी निर्देशक बसन्त लामा  प्रबन्ध निर्देशक नबिन बज्र लामा सहितको उपस्थितिमा भएको उक्त छलफल पश्चात अहिलेको विषम परिस्थितिका कारण सो जात्रा  स्थगित गर्ने निणय भएको हो ।

 विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभीड -१९ को संक्रमणको  जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउनका कारण यस पटक उक्त जात्रा नमनाइने भएको हो।चैत्र २५ गते हुने भनिएको उक्त जात्रा स्थगित भए पनि पितृहरुको स्मरणमा दिप प्रज्वलन गरि (ङौवा)  गर्ने प्रचलन रहेको हुन्दाले बौद्द स्तुपामा विधिवत पुजा मात्र गरिने भएको हो । साथै सोको लागि पितृ पुजा गर्न हुने भक्तजनहरुले निम्न नंमा नाम लेखाउन पनि अनुरोध गरिएको छ।

बौद्धनाथ क्षेत्र विकास समिति: ०१-४४८९२५७

बौद्ध तामाङ कल्याण गुठि :९८४११९५०१४

बौद्ध घ्याङ  गुठि :९८१८२८९४६५ मा सम्पर्क गर्न सकिन्छ ।

 

 

 

  

 

तपाइँको प्रतिक्रिया ।