संकटको वेलामा आफ्ना निहित स्वार्थ भन्दा माथि उठेर मानव समुदयको हितमा काम गर्नुपर्छ :साधुराम खड्का (नेता नेपाली कांग्रेस)
कपन अनलाइन
काठमाडौं चैत्र २१। नेपाली काग्रेसका नेता साधुराम खड्काले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (Covid 19)को प्रकोपको कारण सम्पूर्ण विश्व आतंकित बनिरहेको बेलामा नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी भेटिएकाले स्वास्थ्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन्।उनले कपन अनलाइन संग कुरा गर्दै एस्तो बताएका हुन्। उनले सबै नेपालीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेका छन् ।उनले यस विषम परिस्थितिमा आम जनता जस्तै अहिले आफु पनि घरमै बस्नु परेको बताए ।उनले घरमा बसेर हामी आफूलाई, आफ्नो परिवारलाई मात्र सुरक्षित बनाईरहेका छैनौ, सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि हामीले योगदान दिईरहेको बताए।
उनले सक्रिय व्यक्ति बढी जनसम्पर्कमा आउने भएकाले उनीहरू सङ्क्रमणको जोखिममा पर्न सक्ने भन्दै अनावश्यक भीडभाड र सार्वजनिक स्थलमा नजान पनि अनुरोध गरेका छन ।उनले हालसम्म विदेशबाट आएका ब्यक्तिहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको तर त्यस्ता ब्यक्तिबाट अन्य ब्यक्तिलाई भाइरस सरे नसरेको, सरेको भए कुन मात्रामा, कहाँ, कसरी ? भन्ने कुराको एकिन नभए सम्मको लागि लकडाउन (Lockdown) को पूर्ण पालना गर्नु अर्थात घरमा सुरक्षित बस्नु नै सबैभन्दा उत्तम उपाय भएको बताए ।
उनले यस्तो बेलामामा यस्तो बेला,मा हरेक नागरिकले आफ्ना निहित स्वार्थहरुलाई सिमित गर्दै केवल मानव समुदायको हितको लागि कार्य गर्ने अवसरमा बुझ्नुपर्ने भन्दो विशेषगरि जनप्रतिनिधिहरुले आफ्नो वडा, गाउँ तथा नगरमा रहेका असहाय, गरिब तथा निमुखा, दिउँसो कमाएर बिहान र बेलुका खाने व्यक्तिहरुको व्यवस्थापनमा विशेष ध्यान पुर्याउनु पर्ने बताए ।उनले सरकार तथा विभिन्न व्यक्ति, सामाजिक संस्थाहरुले प्रदान गर्ने सहयोगलाई एकद्वार प्रणालीमा ल्याई वितरण गर्न सहज पार्नुका साथै यसको सहि तथ्यांक बेला बेलामा सार्वजनिक गर्न पनि सुझाएका छन् ।
उनले यो संक्रमणवाट विश्व नै त्रसित भई रहेको अवस्थामा हाल सम्म यसको औषधी पत्ता नलागेकोले हाम्रा आनी बानी मा सुधार गरेमा संक्रमण न्यूनीकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै सामजिक दुरी कायम गर्न खानपिनमा सुधार गर्न , भिडभाड नगर्न र मास्कको सहि प्रयोग गर्न अनुरोध गर्दै सबैलाई कोरोना बाट त्रसित नभई सर्तकताका अपनाउनको लागि अपिल गरेका छन ।उनले कुनै पनि समस्या आइपरेमा आफु सहयोग गर्न तत्पर रहेको जानकारी गराउदै यस संकटको घडीमा कुनै पनि समस्या आइपरेमा ९८५१०९१४७८ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन ।
उनले बिदेश वाट आइ बसोबास गर्ने र बिदेश बाट फर्किएकाहरुको तथ्यांक लिने काम स्थानीय तहले गरिरहेको भन्दै त्यसबारे कुनै जानकारी भए जनप्रतिनिधिलाइ जानकारी दिएर सहयोगी गर्न पनि अनुरोध गरेका छन् ।यो जटिल परिस्थितिमा तपाईं हामी जति संबेदनशील र सजग रहन्छौ त्यतिनै संक्रमणको जोखिम पनि कम हुने भन्दै लक डाउन को अवधिमा घरमै बसेर पनि रचनात्मक काम गर्न पनि सुझाएका छन ।उनले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरूको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन सरकारलाई सुझाब पनि दिएका छन्।