लकडाउनका कारण काठमाडौं उपत्यकाका विभिन्न चाडपर्व पनि प्रभावित
कपन अनलाइन
काठमाडौं ,चैत २०।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण काठमाण्डौ उपत्यकाका विभिन्न चाडपर्व पनि प्रभावित भएका छन्।
नेवार समुदायले मनाउने पाहाँचःरेका खट्जात्राहरु, काठमाण्डौको सेतो मच्छिन्द्रनाथको रथयात्रा, चोभारको आनन्दादी लोकेश्वरको जात्रा, चन्द्रागिरीमुनि किसिपिडीको खट्जात्रा, भक्तपुर र टोखाको बिस्केट जात्रा तथा मध्यपुर थिमिको बिस्केटका साथै जिभ्रो छेड्ने जात्रा भव्य रुपमा नहुने भएका छन् ।
त्यस्तै केही दिनपछि आउने सिद्धिपुरको महालक्ष्मी जात्रा पनि नगर्ने मनस्थितिमा पुगिसकेको स्थानीय रविन्द्र नेमकुलले बताउनुभयो । त्यस्ता सबै जात्रामा यो वर्ष देवीदेवतालाई विधिपूर्वक पूजा गरेर समापन गरिने बताइएको छ ।
यसै क्रममा ललितपुरको बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिरका साथै ह्यग्रीव भैरव मन्दिर बन्द गरिएको र रातो मच्छिन्द्रनाथको जात्रा वैशाखमा गरिने स्थानीय सुरेन्द्र तुलाधरले बताएका छन ।यसैक्रममा उपत्यकाका प्रमुख मन्दिरहरुमा तालाबन्दी गर्ने क्रम पनि बढेको छ ।यसैगरी उत्तरगया समेत भनिने काठमाण्डौकै गोकर्णेश्वर नगरपालिकामा रहेकोचीन गोकर्णेश्वर महादेव मन्दिर पनि बन्द गरिएको छ ।
ती सबै जात्रा अवरुद्ध भएको सम्बन्धित सञ्चालक र नगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर जानकारी गराएका छन् ।