बुढानिलकण्ठ नगरपालिका वडा नं १० र ११ का विपन्न परिवारलाई राहत वितरण
कपन अनलाइन
काठमाडौं ,चैत २०।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० र ११ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ।
कल्याणकारी स्वयंसेवक संघ नेपालको सहयोगमा बूढानीलकण्ठ ११ जगडोलमा डेरा गरि बस्ने सुशीला बस्नेत,उदयपुर गाईघाट घर भइ जगडोल बस्ने धुर्व कार्की र कालिकोट जिल्ला घर भइ सोही स्थान बस्ने उर्मिला न्यौपाने त्यसै स्थान आसपास ज्यामी मजदुरी गरेका चामल, दाल, चिनी, नुन, तेल लगायत खाद्यान्न वितरण गरिएको हो।
त्यस्तै हाल बूढानीलकण्ठ १० बसोबास गर्दै आएका ४०बर्षिय रत्न बहादुर राना मगरलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो । रत्नबहादुर दुवै मृगौला फेल भएका पिडित व्यक्ति हुन् ।
उक्त राहत वितरणमा नेकपा बुढानिलकण्ठ -१० का अध्यक्ष जगत निरौला, संस्थाका केन्द्रिय अध्यक्ष अक्कल तामाङ र कल्याणकारी स्वयंसेवकहरु सावित्री कडेलले खोटाङ , शंकरराज न्यौपाने, राजेश पौडेल र सदस्य शिव भण्डारी लगायत सहभागी रहेका थिए