टोखा नगरपालिकाकामा वडा सदस्यको नेतृत्वमा स्वयंसेवक परिचालन गरिने

टोखा नगरपालिकाकामा वडा सदस्यको नेतृत्वमा स्वयंसेवक परिचालन गरिने

कपन अनलाइन 

काठमाडौं ,चैत १९।

टोखा नगरपालिकाका वडाहरुमा हुने आपतकालीन सहयोग र राहत वितरणको व्यवस्थापन गर्नका लागि वडा सदस्यको नेतृत्वमा स्वयंसेवक समिति गठन हुने भएको छ ।

बागमती प्रदेस सरकारले निर्वाचित प्रदेस सभा सदस्यको संयोजनमा प्रत्येक निर्वाचन क्षेत्रमा अनुगमन तथा परिचालन समिति गठन गर्ने निर्णय गरे संगै काठमाडौं क्षेत्र नं ५ (२) का प्रदेस सभा सदस्य दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

उक्त समितिमा निर्वाचित प्रतिनिधि संगै विभिन्न क्रियाशिल राजनीतिक दलका स्वयंसेवकहरु रहने र ति स्वयंसेवकले विषम परिस्थितिमा वडाबाट हुने राहत वितरण ,उद्दार तथा अन्य कार्यमा सहयोग गर्ने सांसद निरौलाले जानकारी दिएका छन।

टोखा नगरपालिकाका विभिन्न वडा समिति गठन प्रक्रिया अगाडी बढेको र काठमाडौं महानगर र बुढानिलकण्ठमा रहेका आफ्नो निर्वाचन क्षेत्रमा पनि समिति निर्माण हुने निरौलाले जानकारी दिएका छन।

सो बैठकमा प्रदेस सभा सदस्य भीमसेन खत्री , योगेन्द्र संग्रौला, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी, उप प्रमुख ज्ञानमाया डंगोल, वडा नं २ का अध्यक्ष दिपकराज जोशी , ३ का अध्यक्ष सिहराज श्रेष्ठ,४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, ५ का अध्यक्ष जगनाथ ढकाल ,६ का अध्यक्ष महेश्वर केसी,७ का अध्यक्ष नरोत्तम राणा,नेपाली सेनाका कर्नेल दिपक कोइराला तथा टोखा प्रहरी प्रभावका प्रहरी नायव निरीक्षक शोभियत अर्यालको सहभागिता रहेको थियो।

सो बैठकले लक डाउन उल्लंघनका घटनाको न्यूनीकरण गर्ने तथा तोकिएको समयमा खुलेका पसलहरुमा सुरक्षित रहन सचेत गराउने सहित राहत व्यवस्थानकाको कार्यको वारेमा समिक्षा पनि गरिएको थियो।

यस अघि काठमाडौं क्षेत्र नं ५ (२)मा रहेका बुढानिलकण्ठ नगरपालिकाका वडा नं ३,४,५,६,र ७ मा पनि यस्तै समिति गठन निर्णय भैसकेको छ।

तपाइँको प्रतिक्रिया ।