बुढानिलकण्ठ – १० मा राहत राहत प्राप्त गर्नेहरुको तथ्यांक संकलन जारी

बुढानिलकण्ठ – १० मा राहत राहत प्राप्त गर्नेहरुको तथ्यांक संकलन जारी

कपन अनलाइन

काठमाडौं ,चैत १९

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का विभिन्न क्षेत्रमा रहका बिपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको तथ्यांक संकलन गरिएको छ।यसै क्रममा वडा सदस्य चन्द्रमान श्रेष्ठको नेतृत्वमा वडाको बालुवाखानी क्षेत्रमा तथ्यांक संकलन गरिएको थियो।

वडा सदस्य सहित स्वयंसेवकको टोलीले सो क्षेत्रमा रहेका राहत उपलव्ध गराउनु पर्ने व्यक्तिहरुको विवरण संकलन गर्नुका साथै अन्य आपतकालीन सेवाका लागि सम्पर्क गर्ने तारिकाका वारेमा जानकारी प्रदान गरिएको थियो ।

त्यस्तै वडा नं १० का अन्य क्षेत्रमा पनि तथ्यांक संकलनका लागि स्वयंसेवक परिचालन गरिएको जानकारी दिदै वडाले कुनै क्षेत्र छुटेमा जानकारी दिनका लागि आग्रह समेत गरेको छ।

तपाइँको प्रतिक्रिया ।