काठमाडौं महानगर वडा ७ मा १२ क्लस्टर निर्माण गरि तथ्यांक संकलन गरिने

 काठमाडौं महानगर वडा ७ मा १२ क्लस्टर निर्माण गरि तथ्यांक संकलन गरिने

कपन अनलाइन

काठमाडौं ,चैत १९।

 काठमाडौं महानगरको वडा ७ ले वडा क्षेत्रलाई १२ क्लस्टर निर्माण गरि  राहत घरघरमा पुर्याउने योजना बनाएको छ ।

राहत लिन वडामा सबै आउँदा सामाजिक दुरी कायम गर्न नसकिने भएकोले यस्तो गर्न लागिएको वडाध्यक्ष शुद्धकुमार डंगोलले जानकारी दिए ।यसका लागि वडाले  १२ क्षेत्र भित्र पनि क्लस्टर बनाएर  क्लस्टरहरुमा जानका लागि ५ जनाको समूह परिचालन गरेको हो।

वडाध्यक्ष डंगोलका अनुसार   समूहले अति विपन्न, असहाय र दैनिक ज्यालादारी गरी खानेको बिवरण ल्याउने र राहत घरघरमै पुर्याउने काम गर्नेछ । अहिलेको माग हेर्दा करीब १ हजार ५ सय बढी लाई राहत दिनुपर्ने देखिएको अध्यक्ष डंगोलले जानकारी दिए  ।

DSC_6788यसरी गठन गरिएको समूहमा स्थानीय राजनीतिक प्रतिनिधि, सामाजिक कार्यकर्ता तथा संघ संस्थाका प्रतिनिधिलाई सहभागी गराइएको छ भने समूहले गरेको कामलाई वडा सदस्यहरुले संयोजन गर्नेगरी  गरी कामको बाँडफाँड पनि गरिएको छ ।

वडा सचिव कविता राईकाअनुसार वडामा अहिलेसम्म २२० जनाको विवरण प्राप्त भइसकेको जानकारी दिदै ओमादि फाउन्डेसनले ५१ हजार रुपैयाँ वडाको आम्दानी खातामा दाखिला गर्ने बताएकी छन।फोटो सौजन्य :काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।