बुढानिलकण्ठ नगरमा फोहोर मैला संलकन गर्ने संस्थाका प्रतिनिधिलाई PPE वितरण
कपन अनलाइन
काठमाडौं ,चैत १९।
बुढानिलकण्ठ नगरपालिकाभित्र कार्यरत फोहरमैला व्यवस्थापन संघ-संस्था तथा समितिहरुलाई संक्रमण बाट बच्न सुरक्षा सामाग्रीहरु वितरण गरिएको छ।
सो नगरपालिका भित्रका विभिन्न स्थानहरुमा फोहोरमैला व्यवस्थापनका लागि कार्य गर्दै आईरहेका करिव ९ वटा संघ संस्थाका प्रतिनिधिहरूलाई Personal Protective Equipment (PPE), मास्क, पन्जा लगायतका विभिन्न सामाग्रीहरु वितरण गरिएको हो ।
फोहोरमैला व्यवस्थान निकैनै महत्वपूर्ण विषय रहेको कुरामा विशेष ध्यान दिनुपर्ने बताउदै आएका बूनपाका नगर प्रमुख उ्द्धव प्र. खरेलले केहि दिन अघि मात्र नगरपालिका प्रमुखको अपिल गरेका थिए ।
फोहोरमैला व्यवस्थापनका साथसाथै यस कार्यका लागि खटिने हरेक व्यक्तिहरुको स्वास्थ्यको समेत ख्याल राखिनुपर्नेमा समेत जोड दिँदै आएका प्रमुख खरेलले फोहोर मैला व्यवस्थापनमा संलग्न संस्थाले यस विषम परिस्थितिमा नगरपालिकालाई सहयोग गर्नका लागि अपिल समेत गरेका छन ।
यसका साथै आफ्नो घरमै व्यव्थापनगर्न सकिने फोहोरहरुलाई आफ्नो घरमै व्यवस्थित गर्न समेत प्रमुखद्वारा हरेक नगरवासीलाई आग्रह गरेका छन्।