गोकर्णेश्वर नगरपालिका वडा नं ९ को बिभिन्न स्थानमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्कीइयो

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को बिभिन्न स्थानमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्कीइयो

कपन अनलाइन

काठमाडौं चैत्र १९। विश्व महामारीका रुपमा विश्वलाई आतङ्कित तुल्याएको कोरोना भाईरस (कोभिड १९) को सङ्क्रमण नियन्त्रणका लागि गोकर्णेश्वर नगरपालिका ९ का बिभिन्न   मा किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे ) छर्किएको छ। गोकर्णेश्वर  नगरपालिकाको सहयोगमा उक्त वडामा सो  किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे ) छर्किएको हो ।वडाअध्यक्ष राजिब थापा,वडा सदस्यहरु ,नगर प्रहरी  सहित  स्थानीयको  सक्रियतामा उक्त वडाका भिडभाड हुने स्थान  मुख्य चोक, सडक लगायत को स्थानमा कीटनाशक औषधि  छर्किएको हो।

सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै  वडाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किएको वडा अध्यक्ष राजिब थापाले बताए । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई सो वडा भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको बताउदै  उनले कोरोना भाइरसको महामारी बाट त्रसित स्थानीयले उक्त कार्यबाट केही राहत महसुस गरे पनि  सामाजिक दुरी कायम राख्नको लागी उनले अनुरोध गरेका छन्  । उनले सबै ठाउमा गाडी पुग्न असम्भव भएकोले स्प्रे नगरिएको स्पष्ट पार्दै स्प्रे नगरिएको स्थानमा पनि अन्य बिकल्प बाट स्प्रे गर्न सोच राखिएको पनि बताए ।

 सो स्प्रेले कोरोनाको भाईरस (जीवाणु)) मार्न र  नसके पनि डेंगु मलेरियाका र फोहोरका कारण बाट  लाग्न सक्ने  रोग हरु बाट जोगाउन सहयोगी भूमिका खेल्ने बताए । उनले  वडा बासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किएर  कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसहयोग गर्न अनुरोध गरेका छन ।

त्यसै गरि उनले कोरोना भाइरसको संक्रमण को कारण अहिले देश लकडाउन भएको अवस्थामा  दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका श्रमिक वर्गहरुलाई गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट राहत वितरण गर्ने  समबन्धमा गोकर्णेश्वर नगरपालिका वडा नं ९  भित्र बसोबास  गर्ने  ब्यक्तिहरुलाई घरबेटीको सिफारिसमा  राहत संकलन गरिने र उक्त ब्यक्तिहरुलाई कुपन प्रदान गर्ने पनि बताए। साथै उनले सो  कुपन बाट वडाका केहि पसल बाट खाद्यान्न उपलब्ध गराउने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।