गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा ज्यालादारी गर्ने श्रमिक तथा बिपन्नहरुलाई राहतको लागि नाम टिपाउन वडा अध्यक्ष रमेश अर्यालको अनुरोध

गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा ज्यालादारी गर्ने श्रमिक तथा बिपन्नहरुलाई  राहतको लागि नाम टिपाउन वडा अध्यक्ष रमेश अर्यालको अनुरोध

कपन अनलाइन 

काठमाडौं,चैत्र १९ ।गोकर्णेश्वर नगरपालिका वडा नं ६ वडा अध्यक्ष रमेश अर्यालले दैनिक ज्यालादारी गर्ने श्रमिक बिपन्न बर्गलाई नगरपालिकाको तर्फ बाट वितरण गर्न लागिएको राहतको लागि नाम टिपाउन अनुरोध गरेका छन् ।

उनले कोरोना भाइरसको संक्रमण को कारण अहिले देश लकडाउन भएको अवस्थामा  दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका श्रमिक वर्गहरुलाई गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट राहत वितरण गर्न समबन्धमा वडा समन्वय समितिको निर्णय अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ६ भित्र बसोबास  गर्ने  ब्यक्तिहरुलाई घरबेटीको सिफारिसमा नाम संकलन गर्ने कार्य भइरहेको  हुँदा नाम टिपाउन अनुरोध गरेका छन्।

उनले नाम टिपाउदा सही ब्यक्ति पहिचान गरि बिवरण दिन पनि उनले अनुरोध गरेका छन्। साथै गलत बिवरण भएको ब्यक्ति भएमा नेपाल सरकारको नियम अनुसार कारवाही हुने पनि जानकारी गराउदै  निबेदनमा भए सम्म निवेदक सहित अन्य परिवारको नागरिकताको प्रतिलिपि समाबेश गर्न  र नाबालकको हकमा जन्म दर्ता समाबेश गर्न पनि अनुरोध गरेका छन ।

 उनले थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन।

वडा अध्यक्ष रमेश अर्याल :९८४१४११७५७

वडा सदस्य  नवराज लामा: ९८६०५८१२६६

वडा सदस्य जगननाथ ढकाल  :  ९८४१३४२८७०

वडा सदस्य तुलसा तिमिल्सिना: ९८४१०२८५६२

वडा सदस्य  रमिला वि.क :९८६००८६६२०

 

तपाइँको प्रतिक्रिया ।