पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि

पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि

कपन अनलाइन

काठमाडौं ,चैत १८ ।

सोमबार राजधानीका दुई अस्पताल पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ ।

कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा विकास देवकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सोमबार वीरमा २ र पाटनमा १ जनाकाे मृत्यु भएको थियो ।

उनले ज्वरोको बिरामी आउना साथ कोरोनाको संक्रमण भएको जसरी उपचार नहुने गरेको गुनासो समेत आउने गरेको भन्दै त्यस्तो नगर्न भन्दै सबैपक्षसँग अनुरोध गरे ।

तपाइँको प्रतिक्रिया ।