बुढानिलकण्ठ नगरपालिकालाई काण्डुका ट्रेडर्सको पिपीई सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत १८ ।
बूढानीलकण्ठ नगरपालिकालाई काण्डुका ट्रेडर्सले पि पी ई ( Personal Protective Equipment ) सुरक्षा सामग्री प्रदान गरेको छ ।
खेलकुद पोशाक निर्माण कम्पनि कन्दुकाले कोराना भाईरस संक्रमित वा आशंकितहरुको परीक्षण र उपचार गर्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट (पीपीई) पोशाक वितरण गरेको छ ।
भक्तपुर बाल्कोटमा रहेको कन्दुकाले सोमबार आफुले उत्पादन गरेको १०० थान पीपीई विभिन्न अस्पताल र नगरपालिकालाई वितरण गरेको हो । बूढानीलकण्ठ नगरपालीका वडा न ५ मा रहेको बूढानीलकण्ठ यूवा समाज मार्फत वडा न ५ लाई सुरक्षा सामग्री हस्तान्तरण गरिएकोमा वडा अध्यक्ष विजय तामांगले काण्डुका लाई बिषेश धन्यबाद ज्ञापन गरे । आज मात्रै वडा न ५ लाई बूढानीलकण्ठ विद्यालयले करिब ४०० वटा मास्क समेत प्रदान गरेको थियो ।
तपाइँको प्रतिक्रिया ।