शंखरापुर नगरपालिका भित्र कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि किटनाशक औषधी छर्ने काम जारी

शंखरापुर नगरपालिका भित्र कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि किटनाशक औषधी  छर्ने काम जारी

कपन अनलाइन

काठमाडौं, चैत्र १७ । विश्व महामारीका रुपमा विश्वलाई आतङ्कित तुल्याएको कोरोना भाईरस (कोभिड १९) को सङ्क्रमण को जोखिम न्यूनीकरणको लागि शंखरापुर नगरपालिकामा शुरु गरिएको  किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे ) छर्किने काम जारी रहेको छ ।विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमणको जोखिमलाइ न्यूनीकरण गर्ने प्रयास स्वरुप  न्यूनीकरण गर्ने आइतबार  शंखरापुर नगरपालिका द्वारा उपलब्ध गराइएको किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे)  शंखरापुर नगरपालिका वडा नं. २ को बिभिन्न स्थानमा   छर्किएको छ।

स्थानीय बद्रि चौलागाईले हाते पम्पको सहायताले स्प्रे गर्नु कठीन र चुनौतीपूर्ण भएतापनि सबैको साथले सहज भएको  बताए उनले नगरपालिकालाई धन्यबाद दिदै उक्त स्प्रेले कोरोनाको भाईरस (जीवाणु)) मार्न र्हैन  नसके पनि डेंगु मलेरियाका र फोहोर बाट लाग्न सक्ने  रोग हरु बाट जोगाउन सहयोगी भूमिका खेल्ने बताए ।स्प्रे छर्ने कामले शंखरापुरवासीको मनोवल बढाउने काम गरेको पनि बताए ।

उक्त किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) शंखरापुरको   धारापानी,देउराली,पैँयूपानी,गुरुङ टोल,नेसुर टोलदेखि काठमाडौँ र सिन्धुपाल्चोकको सीमाक्षेत्र भोटेचौरको मूल सडकमा छर्ने काम सम्पन्न भएको हो।पटाप लगायत बाँकी क्षेत्रमा  आज छर्ने तयारी नगरपालिकाले गरेको  छ। उक्त कार्यक्रको लागि स्थानीय बद्रि चौलागाई, नवराज गुरुङ, रुपेश श्रेष्ठ, सुरजा श्रेष्ठ  सुरेन्द्र दाहाल लगायतले सहयोगी भूमिका निर्वाह गरेका थिए।

नगरपालिकाले आफु संग भएको  सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै  अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता  दिने जनाएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई सो  नगर क्षेत्र भित्र   फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको हो। कोरोना भाइरसको महामारी बाट त्रसित स्थानीयले उक्त कार्यबाट केही राहत महसुस गरे पनि  सामाजिक दुरी कायम राख्न नगरपालिकाले  अनुरोध गरेको  छ   ।

फोटो :नवराज गुरुङ

तपाइँको प्रतिक्रिया ।