कागेश्वरी मनोहरा नगरपालिकामा राहत वितरण कार्ड
कपन अनलाइन
काठमाडौं ,चैत १७।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाका विपन्न तथा दैनिक मजदुरी गर्ने नगरवासीलाई राहात प्रदान गर्नका लागि कार्ड को व्यवस्था गरेको छ।
राहत लिने व्यक्तिको विवरण सहित सम्बन्धित वडा कार्यालयका प्रतिनिधिको सिफारिसमा प्रदान गरिने सो कार्ड बाहकले एक हजार बरावरको सामान प्राप्त गर्नेछन।
त्यस्तै यस विशेष परिस्थितिमा नगरपालिकाले आवस्यक सबै किसिमको तयारी गरेको र नगरवासीले पनि सचेतना अपनाएर सहयोग गर्नका लागि नगरपालिकाले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।