चोरीका घटना बढे ,सजग बनेर सहयोग गर्न प्रहरीको आग्रह

चोरीका घटना बढे ,सजग बनेर सहयोग गर्न प्रहरीको आग्रह

कपन अनलाइन

काठमाडौं ,चैत १७।

कोरोना कोभिड १९ भाइरसको संक्रमण बाट लडने अभियानमा प्रहरी सक्रिय रहेको मौका छोपेर चोरीका घटनामा बृद्दी भएका छन। यस्तो विषम समयमा सुरक्षाकर्मी अन्य व्यवस्थापनमा लागेको मौका छोपेर चोरहरु सक्रिय रहेकाले प्रहरीले सबै नागरिकहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

केहि दिनको अन्तरालमा बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा चोरीका घटना भएका उजुरी प्रहरीमा आइरहेको प्रहरी कार्यालयलर जानकारी दिएको छ ।

केहि दिन अगाडी बुढानिलकण्ठ -१२ फैका चोक बाट मोटरसाइकल चोरी भएको थियो भने अन्य वडाका विभिन्न स्थानमा पसलहरु फोड्ने र विभिन्न सामाग्री लैजाने  घटना बढेका हुन् ।

महामारी संग लड्नका लागि सबै नागरिकहरु घर भित्र बसेको बेला पसलहरु चोरको रोजाइमा परेकाले त्यस्ता क्षेत्रमा स्वयं नागरिक नै सचेत बनेर निगरानी गर्ने र संकास्पद केहि देखे प्रहरीलाई खबर गर्नका अनुरोध गर्दै प्रहरीले यस्ता घटना लागु पदार्थ दुर्व्यसनी , पाकेटमार जस्ता गिरोह सक्रिय रहेको सुचना आएको बताएको छ।

त्यस्तै केहि दिन अगाडी टोखा नगरपालिका वडा नं २ को सपन तिर्थ क्षेत्र विकास समितिको कार्यालयमा पनि चोरी भएको थियो। आफ्नो टोल छिमेकमा भएका घटनाहरुको निगरानी गर्दै कुनै संकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खवर गर्नु आमनागरिकमा प्रहरीले अपिल गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।