बुढानिलकण्ठ नगरपालिका- १० को अनुमति बिना राहत वितरण नगर्न आग्रह

 बुढानिलकण्ठ नगरपालिका- १० को अनुमति बिना राहत वितरण नगर्न आग्रह

कपन अनलाइन

काठमाडौं, चैत १७।  बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कार्यलयले सार्वजनिक सूचना जारि गरेको छ।

वडाअध्यक्ष नवराज भट्टराईद्वारा हस्ताक्षरित उक्त सुचना मार्फत कोभिड- १९ को महामारीबाट बच्न गरिएको लकडाउनको कारणबाट उत्पन्न परिस्थितिमा अनुमति बिना राहत वितरण नगर्न आग्रह गरेको छ । वडा भित्रको कुनै पनि व्यक्ति, संघ -संस्था आदिले वडा कार्यलयको अनुमति बिना राहत सामग्री  वितरण नगर्नुहुन् सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

राहत वितरण गर्नुहुने महानुभावहरुले वडामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।साथै अहिले सम्म कुनैपनि किसिमको राहत वितरण नभएको जानकारी गराएको छ।

तपाइँको प्रतिक्रिया ।