तारकेश्वर नगरपालिका वडा नं ५ मा कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि किटनाशक औषधी छर्कियो

तारकेश्वर नगरपालिका वडा नं ५ मा कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि किटनाशक औषधी छर्कियो

कपन अनलाइन

काठमाडौं ,चैत्र १७। विश्व महामारीका रुपमा विश्वलाई आतङ्कित तुल्याएको कोरोना भाईरस (कोभिड १९) को सङ्क्रमण नियन्त्रणका लागि तारकेश्वर नगरपालिका वडा नं ५मा आइतबार किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे ) छर्किएको छ। तारकेश्वर नगरपालिकाको सहयोगमा उक्त वडामा सो  किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे ) छर्किएको हो ।वडा सदस्य अनन्तमणि आचार्य लगायत स्थानीयको  सक्रियतामा उक्त वडाका भिडभाड हुने स्थान  सार्वजनिक धारा  , पसल , चौतारा र सडकको दुवै तर्फ सो कीटनाशक औषधि  छर्किएको हो।

सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै  वडाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता  दिने वडा सदस्य अनन्तमणि आचार्यले  बताए । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई सो क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको बताउदै  उनले कोरोना भाइरसको महामारी बाट त्रसित स्थानीयले उक्त कार्यबाट केही राहत महसुस गरे पनि  सामाजिक दुरी कायम राख्नको लागी उनले अनुरोध गरेका छन्  । त्यस्तै  वडाले यस क्रममा पसल तथा अन्य स्थानमा सुरक्षित रुपमा किनमेलका लागि घोलो घेरा निर्माण गर्ने तथा सचेतनामुलक अभियान पनि संचालन समेत गरेको  बताए।

 

तपाइँको प्रतिक्रिया ।