काठमाडौं महानगरपालिका -३१ मा प्राकृतिक चिकित्सालय सहित चार स्थानमा क्वारेन्टाइन

काठमाडौं महानगरपालिका -३१ मा प्राकृतिक चिकित्सालय सहित चार स्थानमा क्वारेन्टाइन

कपन अनलाइन

काठमाडौं ,चैत १७ ।

काठमाडौं महानगरले कोरोना (कोभिड-१९) भाइरसको महामारी सॅग जुध्नका लागि सम्भाव्य विरामीका लागि बस्ने छुट्टै घर ‘क्वारेन्टाइन’ को व्यवस्थाका लागि तिब्रता दिएको छ ।

काठमाडौंको ३१ नं वडामा रहेका  प्राकृतिक चिकित्सालय, आर्ट अफ लिभिङ, अर्याल होटल र रानीमहल होटललाई क्वारेन्टाइन केन्द्रको रुपमा विकास जनप्रतिनिधिहरु महानगर प्रमुख विधा सुन्दर शाक्य, वाग्मती प्रदेश सांसद गणेश दुलाल तथा वडा अध्यक्ष नारायण भण्डारी सहितका समिति सदस्यहरुले स्थलगत निरीक्षण गरि उपर्युक्त ठहर्याएका हुन।

क्वारेन्टाइनको प्रयोगका लागि प्राकृतिक चिकित्सालयमा ३० देखि ४० सैया, आर्ट अफ लिभिङमा ३० सैया, अर्याल होटलमा ४२ सैया, रानीमहलमा ३० सैया सम्म राख्न सकिने बताइएको छ ।

यी क्वारेन्टाइन केन्द्रहरुमा सरकारद्वारा तोकिएको मापदण्ड अपुग भए सो पनि पुरा गरेर मात्र प्रयोगमा ल्याइने महानगर प्रमुख विधा सुन्दर शाक्यले बताए । महानगरका ३२ वटै वडालाई पुर्णतया परिचालन गरिएको हुॅदा एकै पटकमा ठुलो संख्याका लागि क्वारेन्टाइन व्यवस्था गर्न परे पनि महानगर तयारी अवस्थामा रहेको शाक्यको भनाइ थियो ।

त्यसै गरि सहकारी विभागको भवन , ट्रली बसको भवनलाई पनि प्रयोगका लागी अन्तिम चरणको कुराकानी भइरहेको सांसद दुलालले बताए । अप्ठ्यारो अवस्था आइ परे यस क्षेत्रका शैक्षिक संस्थाहरु, होस्टल लगायत सॅग कुराकानी भइरहेको जसले एकै पटकमा ५००० जनालाई क्वारेन्टाइन व्यवस्था गर्न परे पनि तयारी अवस्थामा रहेको उनले बताए ।

संविधान सभा भवन रहेको यस क्षेत्र संसारकै चर्चित ठाउँ भएकाले सानो गल्तीले पनि ठुलो नोक्सानी हुन सक्ने र रोग आफैमा खतरनाक देखिएकाले बढि सचेत हुन पर्ने अवस्था रहेको वडा अध्यक्ष भण्डारीले बताए । क्वारेन्टाइन व्यवस्थापनका लागि अडानका अध्यक्ष मोहन रेग्मीको पनि  सक्रियता रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।