जनताको समस्या बुझ्न स्थानीय प्रतिनिधि संगै सक्रिय सांसद जीवनराम श्रेष्ठ

जनताको समस्या बुझ्न स्थानीय प्रतिनिधि संगै सक्रिय सांसद जीवनराम श्रेष्ठ

कपन अनलाइन

काठमाडौं ,चैत १६।

काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहित जनप्रतिनिधिको टोलीले काठमाडौं महानगरपालिकाका वडा नं १३ र १५ का विभिन्न स्थानमा किटनासक औसधि छर्ने कार्यको अनुगमन गरेका छन।

सांसद श्रेष्ठ संगै वडा नं १३ का अध्यक्ष  ध्रुव नारायण मानन्धर, कामपा वडा न १५का सदस्यहरू आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन तथा स्वयंसेवकहरुसहितको उपस्थिति रहेको थियो।

सो अवसरमा सांसद श्रेष्ठले जनतालाई संयमित र सचेत राहन आग्रह गर्दै कुनै पनि किसमको सहयोग चाहिएमा जनप्रतिनिधि त्यसका लागि तयार रहेको बताउदै जनतालाई यस महामारी विरुद्ध लडन साहसिक बन्नका लागि अनुरोध गरेका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।