खाद्यान्न बोकेर घरमै आएका काठमाडौं -७ का जनप्रतिनिधिलाई महंथी दासको आशिर्वाद

खाद्यान्न बोकेर घरमै आएका काठमाडौं -७ का जनप्रतिनिधिलाई महंथी दासको आशिर्वाद

कपन अनलाइन

काठमाडौं ,चैत १६ ।काठमाडौं महानगरपालिका वडा नं ७ गंगाहीटिमा रहेको क्षितिज रेग्मीको घरको  भाडामा  बस्ने महंथी दासले वडा बाट सहयोग पाएका छन।

उक्त स्थानमा बसोवास गर्दै आएका दासले आवस्यक खाध्यान सामाग्रीको अभावमा आफु भोकै बस्नु परेको निवेदन वडा कार्यालयमा दिए संगै वडा अध्यक्ष सुद्ध डंगोल सहित सदस्य कृष्णमणि भट्टराई र कृष्ण प्रसाद घिमिरेले उनलाई निवासमै पुगेर  खाध्य सामाग्री हस्तान्तरण गरेका थिए।

यसरी विपदको समयमा जनप्रतिनिधिले निवासमै आएर सहयोग गर्दा निकै खुसि भएका दासले उनीहरुलाई आशिर्वाद दिएका थिए भने जनप्रतिनिधिले आफु जनताको हितमा सधै सक्रिय रहने प्रतिवादत्ता व्यक्त गरेका थिए।

त्यस्तै वडामा रहेका कुनै पनि नागरिक भोकै बस्नु नपरोस भनेर आफुहरु सचेत रहेको भन्दै अध्यक्ष डंगोलले यस्ता कुनै समस्या परेमा जनप्रतिनिधिलाई खबर गर्नका लागि आग्रह गरेका छन।

दासको निवेदन :

 

 

 

 

तपाइँको प्रतिक्रिया ।