बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अपिल !

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अपिल !

कपन अनलाइन

काठमाडौं ,चैत १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ ले आपतकालीन अवस्थामा वडा वासीहरुको लागि विशेष अपिल गरेको छ। यस महामारीमा वडा वासीको सुरक्षा र अन्य आवस्यक सहयोगका लागि वडाले निम्न अपिल गरेको छ ।

१. वडा बाट बाहिर आफ्नो सुरक्षित बासस्थान तर्फ जान चाहाने वडा वासीले वडा कार्यालयमा सम्पर्क गर्नुहोला ।

२. दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुलाई खाद्यान्न अभाव भए विवरण उपलव्ध गराउनु होला ।

३.विदेस बाट आएका नागरिकहरुको स्वास्थ्य जांचका लागि सम्पर्क गर्नुहोला ।

४. वडा भित्र रहेका पसल धनिहर्रुले तोकिए  भन्दा बढी  शुल्क लिएमा कारवाही गरिनेछ ।त्यस्तै वडा वासीहरुले यस महामारीको जोखिम घडीमा संयमता र सचेतना अपनाउदै विशेष रुपमा सहयोग गर्नका लागि पनि वडा कार्यालयले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।