नेपालको अस्थिर अर्थ राजनिती

नेपालको अस्थिर अर्थ राजनिती

कपन अनलाइन

काठमाडौं ,चैत /मुरारी भण्डारी 

हालका दिनहरुमा आम नेपालिहरुको सरकार प्रती असन्तुष्टि व्यापक रुपमा बढेर चुलिएको देखिन्छ।यस्लाइ यो कोरोनाको कारण घरमा शुरक्षित बसेको बेला निकै खोजी गरे र मेरो निष्कर्ष यस्तो आयो।

नेपालको राजनैतिज्ञहरु र ब्याबसायिहरु बिच कहिल्यै नटुङ्गेनी गरि बिचमा ग्याप वा भनौ खाडल दिन प्रतिदिन खडा भैरहेका छन।

एकले अर्कालाइ भ्रस्ट र बदनाम बनाइरहेका छन।यिनिहरु दुबैको स्वार्थ आफ्नै-आफ्नै छन र सकेसम्म राज्यलाइ बन्धक बनाउने आफ्नो इच्छा चाहाना सिद्द गर्ने बाटोमा दैनिक लम्किराखेको पाइन्छ ।

यस्तो गतिबिधीले रास्ट्रिय अर्थतन्त्रलाई खास ब्याक्ती बिषेशको पहुचमा बाधेको वा  भनौ मुट्ठिमा छ।जसको प्रभाव सरकारले जनतालाइ आफ्ना स्रोतसाधन बितरणमा आफ्नो हैसियत गुमाएको कतिपय तथ्यले स्पष्ट पारेको छ ।

त्यसैले राज्यको उपल्लो ओहोदामा पुगेकाहरुले बजारको अर्थ शक्तीलाइ बुझेर प्रजातान्त्रिकरण गरि बितरण प्रणालिमा लोभ पाप मोह मुक्त भएर कमजोर शक्ति भएका नागरिकहरुको र राजनितीप्रतिको अबिस्वासलाई बिस्वासिलो भरपर्दो बनाउदै मन जित्दै  जानुपर्ने देखिन्छ।

अन्यथा यहाँ कसै प्रतिपनी सकारात्मक धारणा नबन्न सक्छ। यहि कारण आज जे काम गर्न खोज्यो त्यसैमा हेर्ने दृस्टी भ्रम पर्दै गएकोछ।

जुन साख जोगाउन अहिलेका कतिपय इमान्दार छवि बनायका नेताहरुमा सकस परेको छ। यदि यहि समयमा यस्लाइ चिर्न सकिएन भने नेपालको राजनितीता स्थिरता उन्मुख छ भने अर्थ निती अस्थिर हुँदै गएको छ। जुन एउटै पाटाका दुई हुन् हुन् बुझ्न जरुरी छ।

तपाइँको प्रतिक्रिया ।