राष्ट्रसेवकहरुका लागि सांसद यज्ञराज सुनुवारको माक्स सहयोग

राष्ट्रसेवकहरुका लागि सांसद यज्ञराज सुनुवारको माक्स सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत १६ ।

कार्यस्थलमा खटिने स्वास्थ्यकर्मी र अन्य राष्ट्र सेवकहरुका लागि सांसदले माक्स सहयोग गरेका छन  । ओखलढुंगाका संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले २ हजार ७ सय थान सर्जिकल माक्स प्रमुख जिल्ला अधिकारी गणेश आचार्य मार्फत जिल्ला पठाएका हुन् ।

जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिमार्फत कार्यस्थलमा खटिने कर्मचारीका लागि आवश्यकतामा आधारमा वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिएका छन।

माक्स अभाव हुँदा स्वास्थ्यकर्मीले सर्जिकल माक्स धोएर पटक पटक प्रयोग गर्दै आएको समस्या सुने संगै  कार्यस्थलमा खटिदा हुने जोखिम कम गर्न माक्स सहयोग गरेको सांसद सुनुवारले बताए।

उहाँले कार्यस्थलमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमणको जोखिम हुने भएकाले प्रयाप्त सुरक्षा सामग्री तत्काल उपलब्ध गराउन स्थानीय सरकार जुट्नु पर्नेमा जोड दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।