काठमाडौं महानगरपालिका वडा नं ६ मा आपतकालीन अवस्था आइपरे यी नम्बर मा सम्पर्क गर्नुहोस :वडा अध्यक्ष दिपेन्द्र लामा
कपन अनलाइन
काठमाडौं चैत्र १६ ।काठमाडौं महानगरपालिका वडा नं ६ ले वडा बासीलाई कुनै आपतकालीन समस्या परेमा सम्पर्क गर्नका लागि सम्पर्क नम्बर उपलव्ध गराएको छ।त्यस्तै नगरपालिकामा कोरोना संक्रमण बाट बच्ने उपायहरुको तयारी गरेको जानकारी गराउदै वडाबासि कसैलाई कुनै पनि असहज परिस्थिति र केही समस्या भएमा अनि कसैले कालोबजारी गरेको थाहा भएमा जनप्रतिनिधिलाइ सम्पर्क गर्न सकिने वडा अध्यक्ष दिपेन्द्र लामाले दिएका छन्।उनले निम्न ब्यक्तीलाइ सम्पर्क गर्न सकिने पनि बताए ।
१ वडा अध्यक्ष दीपेन्द्र लामा ९८५१०४८८१५
२ वडा सदस्य लक्ष्मि श्रेष्ठ ९८४१४२६५९०
३ वड सदस्य जयराम पुडासैनी ९८५१२०१५४४
४ वडा सदस्य नरेन्द्र कु. थापा (भगवान) ९८४१२०२२३३
५ वडा सदस्य कमला वयलकोटी ९८४३४९०५९
६ वडा सचिव पदम केशर अधिकारी ९८६११५४१५५ लाइ सम्पर्क गर्न सकिने जानकारी गराएका छन त्यस्तै वडा नं ६ मा विपद व्यवस्थापन समितिका सदस्यहरु निम्न रहेको पनि जानकारी गराए
जसमा १) प्रबिण भट्ट ९८४१२०३२८० महांकाल,
२) अनिता खतिवडा ९८४३०३३३३३ चुच्चेपाटी
३) पुन्यलोचन आचार्य ९८५१११६३७१ सरस्वती नगर
४) शोभा ढकाल पुडासैनी ९८६०९६७०८४ पाटीटार
५) सुरज लामा ९८४००५२४८१ बौद्ध बजार
६ राम चन्द्र भण्डारी ९८६१५५१७१७ रामहिटी बज्र नगर रहेका छन।
वडा अध्यक्ष दिपेन्द्र लामाले कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले वडाले विदेश बाट आएका वडा बासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।यस विचमा विदेस बाट नेपाल आएर बसेका वडा बासीको अवस्था पत्ता लगाएर जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था पनि मिलाएको जानकारी दिए।
उनले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन ।उनले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन वडा वासीलाई अनुरोध गरेका छन । उनले अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु बिभिन्न ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहन पनि अनुरोध गरेका छन् ।उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि सबैलाई अनुरोध गरेका छन् साथै उनले वडाका बिभिन्न स्थानमा किटनाशक औषधी छर्कने काम जारी रहेको रहेको पनि जानकारी गराए ।